पर्यटन मन्त्रीलाई पर्यटन पुनरुत्थान प्राविधिक समितिले बुझायो प्रतिवेदन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्यटन पुनरुत्थान प्राविधिक समितिले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई बुझाएको छ।
पर्यटन बोर्डका सदस्य शेर्पा कोरियाको नेपाल प्रतिनिधि नियुक्त
नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालाई कोरिया सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ ।
कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई यसरी गरिँदैछ पुनः जागृत
काठमाडौंको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर -याफटिङ’ मा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे ।
अन्नपूर्ण हिमालमा इटालीका आरोही सम्पर्कविहीन
अन्नपूर्ण हिमाल आरोहणका क्रममा बिहीबार अपरान्हदेखि इटालीका आरोही जिअम्पाओलो कोरोना सम्पर्क विहीन बन्नुभएको छ ।
पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौको लगानी पनि गरेका थिए ।
कञ्चनजङ्घा आरोहण मार्ग चुचुरो नजिक
काठमाडौं, बैशाख १५ गते । कञ्चनजङ्घा हिमाल आरोहणको आरोहण मार्ग चुचुरो नजिक पुगेको छ । शुक्रबार अर्थात अप्रिल २९ गते चुचुरो पुग्ने लक्ष्य राखेर काम डोरी टाँग्ने काम अघि बढाए पनि खराव मौसमका कारण टोली चुचुरो भन्दा पाँच सय मिटर तलबाट फर्केको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । चुचुरो पुग्ने लक्ष्यले १३ जना आरोही र गाइडसहितको टोली त्यसतर्फ गएका थिए । तर मौसम खरावीका कारण फर्कनुपरेको उहाँले जानकारी दिनुभयो । बाटो निर्माण र डोरी टाँग्ने काम ढिलाइसँगै आरोहण केही समय पछि जाने भएको छ । पायोनियर एड्भेन्चर ट्रेकले बाटो निर्माणको जिम्मा पाएको थियो तर ट्रेकले चौथो क्याम्पसम्म बाटो निर्माण गरेको त्यसपछि इमाजिन ट्रेक र इलाइट एक्पीडिसनका टोलीले बाटो निर्माणको जिम्मा लिएर चुचुरो तर्फ गएको तर सफल नभएको शेर्पाले जानकारी दिनुभयो । आरोहण मार्ग निर्माण गर्न पायोनियर एड्भेन्चर ट्रेकको टोली आधारशिविरबाट पुनःबाटो लाग्ने तयारीमा रहेको जनाएको छ । पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व आरोहण मार्ग निर्माणलाई तिव्रता दिन सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका गाइडहरु खटिएका थिए । सगरमाथा, ल्होत्से र मकालु हिमालभन्दा अगाडि नै कञ्चनजङ्घा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग निर्माण शुक्रबारसम्ममा चौथो क्याम्प पुग्ने भएको छ। यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।
कञ्चनजंगा आरोहण मार्ग सात हजार पाँच सय मिटर पुग्यो
काठमाडौं, बैशाख १० गते । कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको मार्ग निर्माणको जिम्म पाएको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । आरोहण मार्ग निर्माणलाई तिव्रता दिनका लागि पायोनियर सहित सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका एक दर्जन बढी गाइडहरु खटिएका छन् । मार्ग निर्माणका लागि पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व गरेको शेर्पाले जानकारी दिनुभयो । सगरमाथा, ल्होत्से र मकालु हिमाल भन्दा अगाडीनै कञ्चनजंगा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग दोस्रो क्याम्प भन्दा माथि निर्माण सुरु भएको छ । यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ ।
पर्यटक आगमन दर दैनिक १०० नाघ्यो
काठमाडौं, बैशाख १० गते । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं वाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ। कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै दैनिक १०–१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२–२३ जना पर्यटकको आगमन भइरहेको छ। आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तर रूपमा बढ्न थालेपछि क्रमिक रुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन्। पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ।यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन्। पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुन रूपमा सहज हुन्छ एकपटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउँनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेस्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेस्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एसोसिएसनले जनाएको छ। पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटकबीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ।
रसुवामा पर्यटकको आगमन दैनिक १०० नाघ्यो
रसुवा, वैशाख १० गते । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन् । पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ । यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन् । पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एशोसिएशनले जनाएको छ । पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ ।