ब्याजदर, शुल्क सहुलियतपूर्ण बनाउन सुझाव
होटल सङ्घ पोखराले कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । आगामी आर्थिक वर्षका लागि बन्ने मौद्रिक नीतिमा समावेश गर्न सुझाव दिने उद्देश्यले शनिबार पोखरामा अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरी सङ्घले उक्त सुझाव दिएको हो । सो अवसरमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रदान गर्नुभएको थियो ।
खेल पर्यटन सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभएको छ । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनलाई प्राथमिकतामा राखिने बताउनुभएको हो ।
कैलालीको हँसुलियामा भेटियो दुर्लभ सेतो भँगेरा
कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।
पाँच दिनपछि अबरुद्ध हवाई सेवा सुुचारु
पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अबरुद्ध रहदै आएकोमा बिहीबार सुुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।
वायुसेवा निगम ६५ वर्षमा
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।
वर्षातमा पनि चलायमान सौराहा
चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि रोकिए पनि निकुञ्जमै निर्भर रहेको पर्यटकीय नगरी सौराहाको गतिविधि भने रोकिएको छैन । सौराहा नजिकै रहेका बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती र जिपजस्ता जङ्गल सफारीका गतिविधि चलिरहेकाले सौराहाको पर्यटकीय गतिविधि वर्षात्को सिजनमा पनि चलायमान रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो । “हामीले सौराहा आउने पर्यटकका लागि जङ्गल सफारीका कुनै पनि गतिविधि रोकेका छैनौँ । निकुञ्जसँगै जोडिएका
बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षण हुँदै
नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा रहेको छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको छ ।
पर्यटन प्रवर्धनका लागि तानसेनमा बन्यो खुला ‘नाचघर’
तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।
आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै
भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।