स्यार्क्यु खोलामा बेलिब्रिज निर्माण
मनाङको चामे गाउँपालिका–१ तिमाङको स्यार्क्यु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
स्थानीय तहमा पुँजीगत बजेट खर्च हुन सकेन
जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तहहरू विकास अर्थात पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् ।
अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने
ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् ।
खोटाङका नगरप्रमुख बाँस बोकेर काठमाडौँको यात्रामा
बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौं हिँड्नुभएको छ।
प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधैँ जोडिने भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनु भएको छ ।
छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग
छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
सवारी साधन कारबाहीबाट आठ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ ।
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु
जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ ।
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
स्याङ्जामा व्यावसायिक फार्म खारेज गर्नेकाे सङ्ख्या बढ्दाे
स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा नयाँ थपिने भन्दा खारेज हुने व्यावसायिक फार्मको सङ्ख्या धेरै छ । यो अवधीमा चार सय ६० व्यावसायिक फार्म खारेज भएका हुन् भने ३ सय १९ वटा नयाँ फार्म थपिएका हुन् ।
धनकुटामा ५३ प्रतिशत रोपाइँ
साउनको पहिलो साता सकिन लाग्दा धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ ।
हामखोला झरनामा रमाउँदै पर्यटक
अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिका–७ स्थित हामखोलाको झरनामा रमाउँदै आन्तरिक पर्यटक ।
पोखरी सौन्दर्यीकरण अभियान निष्प्रभावी
वीरगन्ज महानगरपालिका–१६, नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेश प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यीकरण गर्ने योजनाले निकै खुसी हुुनुहुन्थ्यो ।
सोलुखुम्बुमा ३७ करोडभन्दा बढी रकम फ्रिज
गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।
राजस्व सङ्कलनमा कावासोती दोस्रो स्थानमा
कावासोतीको आन्तरिक राजस्व कार्यालय आर्थिक वर्ष २०८१–८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा दोस्रो नम्बरमा परेको छ । कार्यालयका सूचना अधिकारी सरोजकुमार ढकालका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गर्नेको वरियतामा कावासोती दोस्रो नम्वरमा परेको हो ।
दक्षिण कोरियामा भारी वर्षा : १४ को मृत्यु
दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।
स्मृति दिवसमा ट्राफिक सचेतना
सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका–४, ‘ई’ गाउँका २५ वर्षीय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ ।
ताक्लाकोट जान दस हजार बढीले लिए सीमा पास
की देश चीनको ताक्लाकोट जानका लागि दस हजारभन्दा बढी हुम्लावासीले सीमा पास लिनुभएको छ । रोजगारी र व्यापारको सिलसिलामा ताक्लाकोट जानका लागि यति धेरै जिल्लावासीले सीमा पास लिनुभएको हो ।
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै
तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति गरिँदैछ । यसअघि निर्माण कम्पनीको लापरबाहीका कारण रोकिएको उक्त खण्ड स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय भक्तपुरले बोलपत्र आह्वान गरेको हो ।
ओखलढुङ्गामा करेन्ट लागेर एकको मृत्यु
चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्यटक आकर्षित गर्न बेनीखोलामा कृत्रिम ताल निर्माण
गोरखामा पर्यटक आकर्षित गर्न बेनीखोलामा कृत्रिम ताल निर्माण गरिएको छ ।