एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।
प्रहरीको मनोबल बढाउँदै सरकार
नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ ।
एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।
नगरप्रमुखसहित दश जनाविरुद्ध २९ लाखको भ्रष्टाचार मुद्दा
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चुनावअघि म्यान्मामा तीन हजार भन्दा बढी राजनीतिक बन्दीलाई सामूहिक माफी
म्यान्माका सैन्य शासक अर्को महिनाको आम निर्वाचनअघि देशभित्रको राजनीतिक वातावरणलाई नरम देखाउन तीन हजारभन्दा बढी राजनीतिक बन्दीलाई माफी दिने र पाँच हजार ५०० भन्दा बढीमाथि लागेको मुद्दा खारेज गर्ने निर्णयमा पुगेका छन् ।
पूर्व सभामुख महरा २० लाख धरौटीमा रिहा
उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह
पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहनुभएका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य सम्बन्धी बढ्दै गएको ‘अफवाह’का बिच उहाँकै सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकार समक्ष अनुरोध गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की र लोसपा अध्यक्ष ठाकुरबिच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।
एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो ।
टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकारलाई रिहा
टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरूलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्रदर्शनको आरोपमा मुद्दा चलाइएको थियो ।
भारतको पार्या पर्यटन वृद्धि गर्नका लागि एडिबीद्वारा सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
एसियाली विकास बैँक (एडिबी)ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन विन्दुमा कायम भएको छ। यो शून्य दशमलव ३९ प्रतिशतको वृद्धि हो।
भारतद्वारा दुर्लभ पृथ्वी चुम्बक उत्पादन विस्तारका लागि ८० करोड डलर बराबरको योजना स्वीकृत
भारत सरकारले दुर्लभ पृथ्वी स्थायी चुम्बक (आरइपिएम) उत्पादन बढाउन ८० करोड अमेरिकी डलरभन्दा बढीको योजना स्वीकृत गर्दै चीनलगायत बाह्य स्रोतमा बढ्दो निर्भरतालाई घटाउने लक्ष्य लिएको छ ।
दक्षिण अफ्रिकालाई मियामी जी-२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा
राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नु भएको छ ।
सरकार र एमालेबिच बालुवाटारमा संवाद
सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ।
राष्ट्रपतिबाट फागुन २१ गतेको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताउनुभएको छ ।
एमाले तनहुँमा प्रतिनिधि छनोटमा प्रतिस्पर्धा
नेकपा (एमाले) को आगामी मङ्सिर २७ गतेदेखि सुरु हुने एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दैगएको छ । प्रतिनिधि चयन मङ्सिर १३ गते गर्ने पार्टी निर्णय सार्वजनिक भएपछि विभिन्न तह–स्तरका आकांक्षी नेताहरू मतदातासँग भेटघाट र सम्र्पक अभियानमा सक्रिय बनेका छन् ।
भानुभक्त क्याम्पसमा आधुनिक भवन निर्माण सुरु
तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुन लागिएको आधुनिक शैक्षिक भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बिहीबार शिलान्यास गर्नुभयो।
ब्राउन सुगरसहित दुई पक्राउ
बर्दियामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका –८ बस्ने ४६ वर्षिय शङ्कर केसी र ४८ वर्षिय यमबहादुर भण्डारी रहेका छन् ।
फरार रहेका दुई प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले कैद तथा जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी बिहीबार अदालतमा पेस गरेको छ। फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
निर्माणाधीन क्याम्पस भवन अन्तिम चरणमा
महेन्द्र बहुमुखी क्याम्पस दाङको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साबिक राप्तीको जेठो क्याम्पसका रूपमा परिचित यो क्याम्पस हाल सुविधासम्पन्न चार तले भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।