छैटौँ पटक निर्वाचन प्रहरीमा खड्का
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिनुभएको छ ।
सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन
सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ ।
ताण्डव नृत्य प्रस्तुत नेपाली गर्दै सेना
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवको अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाद्वारा ताण्डव नृत्य प्रस्तुत गर्दै।
शिवालयमा भक्तजनको घुइँचो
सप्तरीका विभिन्न शिवालयमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रिका अवसरमा पूजापाठ गर्न हजारौँको सङ्ख्यामा भक्तजन जिल्लास्थित विभिन्न शिवमन्दिर पुगेका हुन् ।
महिला एसिया कप : नेपालको लगातार दोस्रो हार
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भयो ।
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य
सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटमा टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
शिवरात्रीको अवसरमा शिवालयको शिलान्यास
रामपुर नगरपालिका –५, बेझाँडस्थित भत्किएको पुरानो शिवालय मन्दिर निर्माण सुरु भएको छ । २०८१ असोजमा वर्षाले भत्किएको ४२ वर्ष मन्दिरको शिवालय आइतबार महाशिवरात्री अवसरमा शिलान्यास गरिएको हो ।
धार्मिक सम्पदाको संरक्षण गर्नुपर्छ : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक तथा धार्मिक सम्पदाको यथोचित संरक्षण र सम्वर्धन गर्न सबैले प्रण गर्नुपर्ने बताउनुभएको छ ।
यूक्रेन-रुस वार्ताः दीर्घकालीन शान्तिका लागि अवसर
यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गर्नु भएको छ । उहाँले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो
महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित प्रसिद्ध धार्मिकस्थल इशानेश्वर महादेव मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गर्नु भएको छ ।
इरान र अमेरिकाबिच आणविक वार्ता पुनः सुरु हुने
इरान र संयुक्त राज्य अमेरिकाबिच इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा शहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् ।
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभएकाे छ ।
महिलाको प्राथमिकतामा पर्न सकेनन् महिला उम्मेदवार
सप्तरीको महिलाको प्राथमिकतामा महिला उम्मेदवार पर्न सकेको छैन । ३३ प्रतिशत महिलालाई आरक्षण दिनुपर्ने महिलाहरूबाट आवाज उठिरहँदा सप्तरीका महिलाहरूले अहिलेसम्म महिला उम्मेदवारलाई प्राथमिकता राख्न नसकेको स्थानीयको भनाइ छ
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ ।
बुढासुब्बा गोल्डकप : प्लानिङ ब्वाईज च्याम्पियन
धरान रंगशालामा शनिबार भएको फाइनलमा प्लानिङ ब्वाईज साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पिय बनेको हो ।
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
टी–२० विश्वकप : नेपाल वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै
मुम्बईस्थिजत वनखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । टस हारेको नेपाल पहिलो ब्याटिङ गर्दैछ ।
तस्बिरमा २६३ औँ सेना दिवस
नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको छ ।
महाशिवरात्रीमा गलेश्वरधाममा दर्शनार्थीको भिड
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
दुई बैङ्करबिच कडा प्रतिस्पर्धा
फागुन २१ गतेको सङ्घीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा दुई जना बैङ्करबिच प्रतिस्पर्धा चलेको छ । यहाँको क्षेत्र नं. १ मा प्रतिस्पर्धामा उत्रिएका मुक्तिनाथ विकास बैङ्कका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चुनावी मैदानमा उत्रिनुभएको छ ।
रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
राहदानी सेवा : अनिश्चितकालका लागि स्थगित
जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ ।