‘परालको आगो’ को छायाङ्कन
चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो ।
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
कर्णालीमा स्याउबाट समृद्धि : स्याउ विकास बोर्ड गठनको तयारी
कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । कर्णाली प्रदेशका साबिक कर्णालीका जिल्लामा स्याउको उत्पादन, बजारीकरणलाई बढाई स्याउबाटै समृद्धि हासिल गर्ने उद्देश्यले प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले बोर्ड गठन गर्ने जनाएको थियो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
चौँरीपालनबाट आकर्षक आम्दानी
गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका ४४ वर्षीय सेरामनुर्पु घले बर्सौंदेखि चौँरीपालन गर्दै आउनुभएको छ । हिमालको पहिचान झल्किने चौँरी घलेका लागि जीवनयापनको माध्यम मात्र बनेको छैन, व्यवसाय नै बन्न पुगेको छ ।
विवादित शुल्क वृद्धि कार्यान्वयन
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार पर्ने गरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि कार्यान्वयन आएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत चैत ८ गते त्यस्तो मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । उक्त निर्णय नै आजदेखि कार्यान्वयन भएको जनाइएको छ ।
विदेशमा गर्दा आर्थिक बोझ
नेपाली अर्थोडक्स चियाका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको अर्गानिक प्रमाणीकरणमा लाग्ने वार्षिक शुल्क चिया उत्पादकका ठुलो समस्या बन्न थालेको छ । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाका लागि अनिवार्य रहेको अर्गानिक प्रमाणीकरणको प्रक्रिया त्यसै पनि झन्झटिलो रहेको गुनासो छ ।
जेनजी सहिदका बालबालिकालाई छात्रवृत्ति
जेनजी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता भएको छ । गोल्यान ग्रुपले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको जनाएको छ ।
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।
नेपाल–बङ्गलादेश सहकार्य विस्तार गर्ने सहमति
नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ । बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग
सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसहित गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । भैरहवामै आयोजित कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेलगायतका विभिन्न माग राखेको हो ।
धानपछि गहुँका लागि मल अभाव
रासायनिक मलको अभावमा नै जसोतसो धानबाली लगाएर उठाएका किसानलाई गहुँ छर्ने बेला उस्तै दुःख छ । धान काट्ने सिजन सकिएपछि बर्दियाका किसान गहुँ छर्न व्यस्त छन् तर गहुँका लागि आवश्यक युरिया, डिएपी र पोटास जस्ता रासायनिक मल नहुँदा खिन्न पनि छन् । धान र गहुँ दुवैका लागि उर्वर बर्दिया जिल्लामा किसानले बर्सेनि गहुँ रोपाइँअघि मल छर्ने अभ्यास गर्दै आएका छन् तर केही वर्षयता
नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै
अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ ।
सभापति देउवासहित शीर्ष नेता परामर्शमा
नेपाली कांग्रेसका शीर्ष नेताले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सन्दर्भमा बिहीबार परामर्श गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनको मिति र कार्यतालिकामा सहमति जुटाउन कांग्रेस नेता दिनभरि नै संवादमा जुटेका हुन् ।
सडक मर्मत एम्बुलेन्स सुरु
मुलुकको सडक पूर्वाधारको क्षेत्रमा पहिलो पटक ‘सडक मर्मत एम्बुलेन्स’ प्रयोगमा ल्याइएको छ । काठमाडौँका सडक खाल्टाखुल्टी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालन गरिएको हो ।
मधेश सरकार गठन विवाद ‘हेर्दाहेर्दै’ मा
मधेश प्रदेश सरकार गठन विवादमा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरु गरेको छ । सरकार गठन असंवैधानिक भएकाले बदरको माग गर्दै दायर रिटमा सर्वोच्चको संयुक्त इजलासले बिहीबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा मुद्दा अब निरन्तर सुनुवाइ हुने छ । बिहीबार सुरु भएको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने गरी हेर्दाहेर्दैमा राखिएको छ ।
निर्वाचन सुरक्षार्थ सेना परिचालन
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन हुने भएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएको राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्ले गरेको सिफारिसका आधारमा निर्वाचन सुरक्षा प्रयोजनका लागि सेना परिचालनका लागि स्वीकृति हुनुभएको हो ।
कोप–३० सम्मेलन : एजेन्डा स्थापित गर्न नेपाल सफल
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घका पक्षराष्ट्रको सम्मेलनको ३० औँ शृङ्खला (कोप–३०) मार्फत हिमालको एजेन्डा विश्वव्यापी रूपमै स्थापित गर्न सफलता प्राप्त भएको छ । जस अनुसार अब हरेक वर्ष हिमाल संरक्षणसम्बन्धी माउन्टेन ग्लोबल डायलग अर्थात् हिमालसम्बन्धी विश्व सम्मेलन हुने भएको छ । यो नेपालको पहलको राम्रो उपलब्धि मानिएको छ ।
माछा र बालुवा छाडेर पतेरो खोजी
समूहमा बस्ने, समात्न सजिलो हुने र राम्रो मूल्य आउने भएपछि खोला किनारामा ढुङ्गामुनि बस्ने पतेरो किरा खोज्नेको भिड नै लाग्ने गरेको छ । एक परिवारका चार जनाले एक बिहान खोज्दा एक किलोसम्म पतेरो किरा समाउँदा खोलामै तीन हजार दुई सय रुपियाँ पाउँछन् । खोलामा नै खरिद गर्ने र नगद पाउने भएपछि धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकका नदी किनारामा बस्ने अहिले बालुवा चाल्न र माछा मार्न छाडेर पतेरो किरा समाउन थालेका छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बिहीबार बेलुका रुकुमपश्चिमको बाँफिकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
९३ वैज्ञानिक मोडलसहित विज्ञान–आईटी प्रदर्शनी सुरु
मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
निर्वाचनको वातावरण बनाउन सरकारसँग एमालेको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
निर्वाचनमा सहभागी भएर आफ्नो मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भएर जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री बन्न पार्टी खोलेको साम्पाङको भनाइ
धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ।