• ३ फागुन २०८२, आइतबार

बुढासुब्बा गोल्डकप : प्लानिङ ब्वाईज च्याम्पियन

blog

उपाधिसहित प्लानिङ ब्वाईजका खेलाडी ।

निशा राई

धरान, फागुन ३ गते । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाईज युनाईटेडले जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनलमा प्लानिङ ब्वाईज साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पिय बनेको हो । 

प्लानिङ ब्वाईजले पहिलो सहभागितामै बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो । उपाधिसँगै प्लानिङ ब्वाईजले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता चर्च ब्वाईजले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । 

प्लानिङ ब्वाईजको जितमा प्रताप सिङ राईले ६३औँ मिनेटमा गर्नु भएको गोल टोलीका लागि प्रयाप्त बन्यो । प्लानिङ ब्वाइजका पुजन थापालाई ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्लानिङ ब्वाईजका प्रताप सिङ राई हुनुभयो । उहाँले होन्डा डियो स्कुटर पाउनुभयो । 

यस्तै सर्वाधिक गोल कर्ता प्लानिङ ब्वाईजका प्रताप सिङ राई, झापा–११ का एरोन थापामगर र झापाकै राजेश दाहाल हुनुभयो । उहाँहरुलेृ जनही १२ हजार रुपियाँ पाउनुभयो । 

यस्तै उत्कृष्ट गोल रक्षक प्लानिङ ब्वाईजका योगेश धिमाल, उत्कृष्ट प्रशिक्षक प्लानिङ ब्वाईजका सन्जित सिंह, बेस्ट स्ट्राईकर चर्च ब्वाईजको अबियोमि फाकुने, उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाईजको निङ्मा घिसिङ र उत्कृष्ट मिडफिल्डर चर्च ब्वाईजको रोहन कार्कि घोषित हुनुभयो । उहाँहरुले जनही २५ हजार रुपियाँ पाउनुभयो ।