किएभ, फागुन ३ गते । यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गर्नु भएको छ । उहाँले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रपतिले विगतका वार्तामा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताउनु भएको छ, जसका कारण ठोस प्रगति हुन सकेको छैन । यसैले आगामी वार्ता सबै पक्षका हितलाई सुनिश्चित गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।
जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुमा संयुक्त सुरक्षा कार्य समूहका सदस्यले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई चरणको वार्ता सम्पन्न गरेका थिए । त्यहाँ केही केदी साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति विषयमा पूर्ण समाधान हुन सकेको थिएन ।
अगामी चरणको वार्ता जेनेभा शहरमा मङ्गलबार र बुधबार हुने तय भएको छ । यसमा रुस प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्ने छन् भने यूक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधि रहने छन् । राष्ट्रपतिले यस शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सबै पक्षका लागि सन्तुलित समाधानको अवसर बन्ने विश्वास व्यक्त गर्नु भएको छ । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा