शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ३ गते । थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको थियो ।
जितका लागि एक सय ९० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो ।
राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा युएई रहेको छ । समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड रहेको छ ।