सञ्चारविहीन नापानी गाउँ
जुम्लाको गुठिचौर गाउँपालिका १ नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका छन् । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका हुन् ।
त्रिदेव र सदीक्षालाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले त्रिदेव पौडेल र सदीक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ।
निजामति सेवामा १२ प्रतिशत पद दलित समुदायलाई सुरक्षितः मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामति सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताउनुभएको छ ।
कविको गाउँ समेटेर पर्यटकीय मार्ग बनाऔँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ।
चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने : क्रेमलिन
चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ ।
क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त
फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल पार्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
देशमा आर्थिक र सामाजिक रूपान्तरण जरुरी : महासचिव गुरुङ
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशमा अब आर्थिक र सामाजिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको बताउनुभएको हो।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कैदीबन्दीलाई शैक्षिक सामग्री सहयाेग
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्था आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने छ’
कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
'प्राध्यापक अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्छ’
प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्राडाहरुले बताउनुभएकाे छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत
राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार
यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् ।
दुई करोड ठगि गर्ने तत्कालिन सहकारीका अध्यक्ष पक्राउ
दुई करोडभन्दा बढी रकम हिनामिना गरी दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाललाई प्रहरी पक्राउ गरेको छ ।
अबको प्राथमिकता प्रदेशको शिक्षा सुधार : मुख्यमन्त्री सिंह
मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले अबको प्राथमिकता प्रदेशको शिक्षा सुधार हुने बताउनुभएको छ ।
करोडौ राजस्व छल्ने चार व्यवसायविरुद्ध मुद्दा दायर
भारतीय सिमावर्ती बजारबाट कपडाजन्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुहरू चोरी पैठारी गरी राजस्व छल्ने प्रवृत्तिमा तीव्र वृद्धि भएपछि राजस्व चुहावट नियन्त्रणका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले अनुगमन र छापाको गतिविधिमा तीव्रता दिएको छ ।
गुल्मीबाट कक्षा १२ को परीक्षामा तीन हजार बढी परीक्षार्थी सहभागी
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि तीन हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन्।
गोरखापत्र १२५ औं वर्ष प्रवेशको अवसरमा रक्तदान
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सव र विश्वस प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार संस्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
पूर्णागिरीबाट फर्केका ४० तीर्थयात्री बिरामी
। पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन् । बाटो छेउछाउमा बेचिने खाना खाएर उनीहरु बिरामी परेका हुन्।
अस्पतालका सेवामा एकरूपता ल्याउन एकीकृत विधेयक ल्याउने तयारी
सङ्घीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरूपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
इनरुवामा सुशासनका लागि प्रत्येक वडामा सार्वजनिक सुनुवाइ
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा भएको विकास, सञ्चालन भएका योजनाहरुको बारेमा जनतालाई जानकारी दिन र सुझाव लिनका लागि प्रत्येक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।