सेनकालीन पाल्पाको भैरव मन्दिर (फोटो फिचर)
पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ मा अवस्थित सेनकालीन भैरवको मन्दिर प्रख्यात रहेको छ। यो मन्दिर समुन्द्र सतहदेखि एक हजार ४७० मिटर उचाइ अर्थात् प्राकृतिक सम्पदाले भरिपूर्ण डाँडाको टाकुरामा रहेको छ । जसको क्षेत्रफल ११ रोपनी ४ आना छ।
‘एक वडा एक पार्क’ प्रयोगविहीन
दोलखाको भीमेश्वर नगरपालिकाले नगर समृद्धिका लागि अघि सारेको एक वडा एक पार्क कार्यव्रmम अन्तर्गत निर्माण भएका दर्जनौँ पार्क प्रयोगविहीन बनेका छन् । ९ वडामध्ये सात वडामा निर्माण भएका करिब २१ करोड रुपियाँ लागतका पार्कहरू प्रयोगविहीन बने भने दुई वडामा पार्क छनोट हुन नसकेको बताइएको छ ।
कर्णाली चिनाउन ‘कुडा कर्णालीका’
कुरा र विचारका माध्यमबाट कर्णालीको कला, संस्कृति, सम्भावन र स्रोतलाई देश तथा विदेशमा चिनाउन चार वर्षदेखि कर्णाली उत्सवका रूपमा ‘कुडा कर्णालीका’ गरिँदै आएको छ । ‘कुडा कर्णालीका’ को पाँचौँ संस्करण शनिबारदेखि सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन हुँदै छ । कुनै पनि योजना तथा काम गर्न सबैभन्दा पहिला कुरा र विचार आवश्यक पर्ने भएकाले नीतिनिर्मातालाई सहजीकरण गर्न कर्णाली उत्सवका माध्यमबाट कर्णालीको विकास र सम्भावनाबारे चर्चा गरिँदै आएको छ । आयोजक संस्था ऋति फाउन्डेसनका संयोजक कमलराज लम्सालका अनुसार ‘कुडा कर्णालीका’ को माध्यमबाट कर्णालीमा कुरा र विचारको बिउ रोपिएको छ ।
कामै नगरी रकम भुक्तानी
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एकपछि अर्को आर्थिक अनियमितता सार्वजनिक भएका छन् । आयोजनाको कामै नगरी गाउँपालिकाले २९ लाख रुपियाँभन्दा बढी रकम वडा सचिवमार्फत भुक्तानी गरेको देखिएको छ । दुई करोड ५० लाख रुपियाँको खाना र खाजा खाएको नरहरिनाथ गाउँपालिकाको अर्को अनियमितता देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडा सचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको देखिएको छ । विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वडाका वडा सचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपियाँ भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
हुर्किंदै चैते धानको बिउ
भजनी नगरपालिका–७, हिम्मतपुरका किसान चैते धानको बिउ हुर्काइरहेका छन् । समयमै रोपेर मनसुन सुरु हुनुभन्दाअगाडि नै बाली उठाउन माघमै बिउ उमार्नु पर्छ । यतिबेला बिउ अङ्कुराउन आवश्यक पर्नेभन्दा तापक्रम कम हुने भएकाले धानको बिउ उमार्नु त कठिन छ नै बिउ जोगाउनु पनि कठिन भएको छ । मनसुन सुरु हुनुभन्दा पहिले नै धान काटिसक्नुपर्ने भएकाले फागुनको अन्तिम साता वा चैतको पहिलो हप्तामै धान रोपिसक्नु पर्छ यसका लागि माघमै बिउ उमार्नु पर्छ । माघमा शीतलहर चल्ने र तापक्रम घट्ने भएकाले बिउ उमार्न मेहनत गर्नुपर्ने किसान बताउँछन् ।
अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु गरेको थियो ।
गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र
तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो ।
प्रेमको सिंहासन
कवि, लेखक, कलाकारहरूले आदि कालदेखि प्रेमको बारेमा बोल्दै आए । कथा, कहानी, कवितामार्फत प्रेमको रहस्य खोल्दै आए । प्रेमको अनुभूति स्वयम्मा अद्वितीय छ । प्रेममा हुनुको अनुभूति दुनियाँको बाँकी सबै अनुभूतिभन्दा अद्भूत हुने गर्छ । प्रेममा प्राप्त हुने आनन्द, आनन्दमध्येको रोज्जा आनन्द हो । प्रेम मनको गहिराइमा लुक्छ । आजसम्म कसैले मनको गहिराइमा लुकेको प्रेमलाई मार्न सकेन । प्रेम गोली–बारुदको बलमा ध्वंश गर्न सकिने वस्तु पनि होइन । छातीको गोली निक्लन्छ तर प्रेम निक्लँदैन । संसारको सबैभन्दा जियालो वस्तु प्रेम नै हो सायद ! प्रेममा पैसामा भन्दा बढी तागत हुन्छ । प्रेमको सबालमा करोडपति–अर्बपति
पोखरामा डेढ अरब लगानी हुने
पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अब विदेशी लगानी हुने भएको छ ।
पाँच पत्रको इतिहास
पुस्तकालय ज्ञानको भण्डार हो । यसलाई ज्ञान विज्ञानको सङ्ग्रहालय र प्रसारको माध्यम पनि भनिन्छ । यसले अभिलेख र ऐतिहासिक ग्रन्थहरूको सुरक्षा गरी कला र संस्कृतिको जगेर्ना गर्ने काम गर्छ । विश्वमा पुस्तकालयको स्थापना र विकासको इतिहास माटाको खबटे सङ्ग्रहबाट प्रारम्भ भई आधुनिक विद्युतीय पुस्तकालयसम्म आइपुगेको हो । नेपालमा भने माटाका खबटे सङ्ग्रह ज्यादै कम प्राप्त भएको छ । नेपालमा लिखित इतिहास शिलापत्रबाट मात्रै सुरु भएको अनुमान धेरैले गरेका छन् । अभिलेख संरक्षण ऐनको व्याख्याले पनि यस अनुमानलाई मलजल गरेको छ । नेपालमा पुस्तकालयको इतिहास लामो छैन तर यो आफैँमा विशिष्ट भने छ । नेपालको इतिहासमा स्वर्णयुग भनिने लिच्छविकालदेखि पुस्तकालयका प्रारम्भिक सङ्केतहरू देखा पर्छन् । नेपालको भौगोलि
सहरको फुस्रो घमण्ड
महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, “हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको वेश आनन्दी मनले ।” धन को हो ? रुपियाँ, पैसा, घर, बैङ्क ब्यालेन्स धन हो ? धन आफैँमा रहस्यमय विषय हो । कसलाई धनी भन्ने ? मनको धनी चाहिँ धनी होइन ? खुसी जीवन गरिब हो ? तनावमुक्त शान्त जीवन गरिब हो ? आफैँ उत्पादन गरेर जिउने जीवन गरिब हो ? गाउँमा दस नङ्ग्रा घोटेर आफ्नो जीवन धान्ने आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सहरिया जीवन खुब सुखी सोच्नु भएको होला । कसैले सोच्दा सोच्दै देह त्याग गर्नुभयो होला । कसैले अनुभव पनि गरिरहनुभएको छ होला । कसैलाई गाउँको जीवन दिक्क लागेको छ भने एक पटक यो लेख अवश्य पढ्नुहोस् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
निर्भीक समालोचक
नेपाली साहित्यमा साहित्यकार तारानाथ शर्मा परिचित, चर्चित, विवादित र बिर्सन नसकिने एक वरिष्ठ साधक हुनुहुन्छ । विसं १९९३ असार ९ गते इलाममा जन्मनुभएका शर्माको ८७ वर्षको उमेरमा विसं २०७८ फागुन ३ गते निधन भयो । यो सन्दर्भ साहित्यकार तारानाथ शर्माको सार्वजनिक जीवनको भूमिकाका बारेमा प्रकाश पार्न खोजिएको सानो आँखीझ्याल मात्र हो । शर्माले यस शताब्दीको सुरुवातदेखि नै यस क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
बुलबुले तालको झार हटाइँदै
सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो ।
नेपाली श्रमिकको हितका विषयमा छलफल
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । युएईको आबुधाबी डायलग कार्यक्रममा नेपाल र युएईबिच शुक्रबार भएको बैठकमा दुई देशका मन्त्री र श्रम मन्त्रालयका प्रतिनिधिबिच सो विषयमा छलफल भएको हो । आबुधाबीमा भएको बैठकमा श्रमिकले सकेसम्म पैसा तिर्न नपरोस् भनेर कार्यान्वयन गर्न रणनीति बनाउने भनेर छलफल भएको थियो । पहिलो चरणमा तीनदेखि पाँच वटा क्षेत्रलाई तोक्ने सहमति भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
लिपिङ खोला जलविद्युतको काम पचासी प्रतिशत सम्पन्न
लिपिङ खोला १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सम्पन्न भएको हो । हिम रिभर हाइड्र«ोपावर कम्पनी लिमिटेड प्रवर्धक रहेको उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु
देशभरिका महिला उद्यमी सम्मिलित दुईदिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अघुवाइमा महासङ्घ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य सङ्घको समन्वयमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे सम्मेलनमा उपस्थित महिला उद्यमीले ध्यानाकर्षण गराएका छन् ।
लैङ्गिक समानताका लागि सांस्कृतिक कार्यक्रम
लैङ्गिक समानता, न्याय र शान्तिका लागि विश्वव्यापी अभियानका रूपमा उर्लंदो सय करोड (वन विलियन राइजिङ) अभियानका सन्दर्भमा यहाँ विविध सांस्कृतिक कार्यक्रम र चित्रकलाको आयोजना गरिएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्च २०२४ कार्यक्रम अन्तर्गत टेवा, सङ्गत नेपाललगायत ३५ वटा महिलावादी संस्थाले उर्लंदो सय करोड अभियानलाई चेतनामूलक नाटक, कविता, गीत, गजल वाचन, सांस्कृतिक नृत्यका कार्यक्रमसहित मनाएको छ ।
किर्ते नागरिकता बनाउने दुई जनालाई ५० हजार जरिवाना
नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।
खानामार्फत नेपाल चिनाउने पुस्तक
हिमालदेखि तराईका विविध जातिका खाद्य परिकारको कलालाई समेट्दै रोहिणी राणाले नयाँ पुस्तक ल्याउनुभएको छ । नेपालको जातीय पहिचान र जातीय सद्भावलाई खानाको माध्यमबाट विश्व समुदायसम्म पु¥याउने पुस्तक ‘दी नेपाल कुक बुक’ शुक्रबार सार्वजनिक गरियो । नेपाली खानाबारेको राणाको यो दोस्रो पुस्तक हो । अघिल्लो पुस्तक उहाँले दरबारिया खानाको परिचय दिने ‘दी राणा कुक बुक’ प्रकाशित छ । शुक्रबार सार्वजनिक गरिएको पुस्तक भने जनजिब्रोको स्वादको प्रस्तुति हो । ‘दी नेपाल कुक बुक’ मा विभिन्न जातिगत समुदायका १०८ स्वादिला परिकारको पाककलाका संयोजन रहेको छ । त्यसलाई सम्बन्धित समुदायकै विशेषता झल्किने वेशभूषा र गरगहनाका चित्रले आकर्षक बनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति गौरवशमशेर राणा, अग्रणी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ,
पाइपलाइन निर्माणमा अन्योल, टुङ्गो लाग्न सकेन लगानी
भारतबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउनका लागि बनाइने दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना ऋण वा अनुदानमा बनाउने विषय टुङ्गो लाग्न नसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबिच पाइपलाइन परियोजना विस्तार गर्ने विषयमा चार चरणमा छलफल भए पनि अनुदान वा ऋणमा बनाउने विषयमा अन्तिम निर्णय नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो । आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने सम्झौतामा भएको थियो ।
‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”
कांग्रेस नीतिमाथि मन्थन : सैद्धान्तिक स्पष्टता, नयाँ कार्यदिशा
नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीको नीतिमाथि गम्भीर विमर्श सुरु भएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरमा आयोजना हुने बैठकको तयारीमा कांग्रेसलाई नीतिगत रूपमा स्पष्ट पार्ने र राष्ट्रको समुन्नतिका लागि नवीन गन्तव्य तयार गर्न मन्थन हुने छ । महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । तीन वटै प्रतिवेदनको सार बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिएको छ ।