जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा
मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नुभएको छ ।
नेपालगन्ज–जनकपुर हवाई उडान सुरु
आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान सुरु गरिएको छ ।
जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन
भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ ।
२४ हजार चालक लाइसेन्सको प्रतीक्षामा
लिखित र ट्रायल परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि लाइसेन्स नपाउँदा सवारी चालक हैरान छन् । बर्दिबासमा लाइसेन्स पास गर्नेको सङ्ख्या २४ हजार नाघी सकेको छ ।
व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड
सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सृजनशीलता एवम् व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिनुभएको छ ।
राष्ट्रपतिद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयनमा जोड
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ट्याक्टरले च्यापिएर चालकको मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।
हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागि पर्नुभएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।
संरक्षणको पर्खाइमा बाग्मा पोखरी
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको बाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका-४ साँवामा रहेको बाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचार प्रसारको पर्खाइमा छ ।
आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।
सार्वजनिक स्थानमा दुई हजार फोहर सङ्कलन ‘बिन’ राख्दै कामपा
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन राख्ने भएको छ । महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् ।
पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनीषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ ।
सामूहिक काममा थारु महिलाको अग्रसरता
चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो ।
एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा
स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ ।
निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ ।
प्रकृति संरक्षण मानव जातिको साझा चुनौती : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ ।
बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित
बागलुङको ढोरपाटन नगरपालिका-६ पुरानो गाउँमा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।
दश बुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो
‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।
सडक निर्माण पूरा गराउन मन्त्रीको ध्यानाकर्षण
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।
जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण
जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।