गणेश चतुर्थी पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
हरितालिका तिज समापन
भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका ९तीज० पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् ।
महिला र तिज पर्व
हाम्रो सनातन परम्परामा अनादिकालदेखि नै व्रत, उपवासका साथ अनेक चाडपर्व मनाइँदै आएका छन् । यसरी मनाइने चाडपर्वमध्ये हरितालिका तिज पनि एक हो । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू हरितालिका व्रत गर्छन् । यस व्रतको विधान वर्तमान समयमा उपलब्ध १८ महापुराणमा भेटिँदैन । बृहत् धर्मशास्त्रनिबन्धग्रन्थहरूमा, लक्ष्मीधरकृत कृत्यकल्पतरुका व्रतखण्डमा, त्यसपछिका श्रीदत्तकृत समयप्रदीपमा, चण्डेश्वरकृत कृत्यरत्नाकरमा र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणिका व्रतखण्डमा पनि यस व्रतको उल्ले
विलीन जीवन [कथा]
साँझ छिप्पिँदै रातमा रूपान्तरण हुँदै थियो । बस्तीबाट केही टाढा निष्पट्ट अँध्यारोको साम्राज्यभित्र एउटा छाप्रो जागिरहेको थियो । चारैतिरबाट झ्याउँकिरीको आवाज गुन्जिरहेको थियो । चिसो भुइँमाथि ओछ्याएको गुन्द्रीमा झुमा आफ्नो छोरालाई सुताउन प्रयास गर्दै टाउको मुसारिरहेकी थिइन् । गरिबीका कारण उनको लोग्ने सुकराम सहरमा पैसा कमाउन जाने फर्कने गर्दथे । यस पटक भने सहर पसेको दुई दिनमै कोरोना सङ्क्रमणका कारण लकडाउन भएको तीन हप्ता बितिसकेको थियो । यही कारण सुकराम सहरमै फसेका थिए । कोरोनाको लकडाउन एक महिना थपियो । यातायातका साधन पूरै ठप्प थिए । सुकराम गाउँ फर्किने सम्भावना थिएन ।
पुरानो कार्यशैलीले सेवाग्राहीलाई सन्तुष्टि दिन सकिँदैन : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले परिवर्तित प्रणालीलाई आत्मसाथ गर्न नसक्ने कर्मचारीले पद ओगटेर बसिरहनु आवश्यक नभएको बताउनुभएको छ। निजामती सेवा दिवसको अवसरमा गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले पुरानो कार्यशैलीले अब काम गरेर सेवाग्राहीलाई सन्तुष्टि दिन नसकिने भन्दै यस्तो बताउनुभएको हो।
यी हुन उत्कृष्ट ४० निजामती कर्मचारी (नामावली सहित)
सरकारले निजामती सेवा दिवस २०८१ को अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा यी ४० जना कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।
बिपी शीर्ष नायक (कविता)
साहसिक दूरदर्शी शक्तिपुञ्ज बिपी हौ नेपालका सपुत हौँ निरङ्कुश फाल्दियौँ । प्रजातन्त्र ल्याइछाडयौ निडर भइ लडेर सहिद स्वप्न पूरा ग¥यौ देश विकास गरेर ।।
छोरीलाई बाबाको चिठी
छोराछोरी जन्माई हुर्काई बराबरी पढायौँ बिहे गर्ने बेला भयो डोली चढायौँ छोरी दिँदा पाले पुण्य मारे पाप नभनौँ । छोरीहरू पढेलेखे कमजोर नदेखौँ ।
१३ बिघा जग्गा अतिक्रमणले मत्स्य केन्द्र सङ्कटमा
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।
छचल्किएका लघुकथाहरू
पाठकले पनि वा लेखकले पनि यहाँ सर्वप्रथम बुझ्नुपर्ने कुरा के छ भने लघुकथा भनेको पृथक् विधा होइन । यो आख्यानकै एक उपविधा हो, जुन सूक्ष्म ढङ्गमा सिर्जना हुने गर्छ । यसैले लघुकथा लेख्नेलाई लघुकथाकार भनेर अनर्थबोध हुने विशेषण दिनु उचित होइन । यो आख्यानकै एक लघुविधा भएकाले यसका सर्जकलाई कथाकार नै भन्नु उचित हुन्छ ।
तरङ्ग (निबन्ध)
ॐकारको तरङ्गबाट सृष्टि भयो । सृष्टिको आधार नै तरङ्ग हुनाले पृथ्वी, जल, तेज, वायु, आकाश सबैमा बेलाबखत तरङ्ग उत्पन्न हुने गर्दछ । भूकम्पले पृथ्वीमा तरङ्ग ल्याए झैँ जल कम्पनले पानीमा तरङ्ग ल्याएको हुन्छ । हावामा पनि तरङ्ग हुने गर्दछ, कहिले सिर्सिरे, कहिले आँधीबेहरी । तेजले पनि त तरङ्ग नै सिर्जना गर्दछ । उखरमाउलो गर्मी, आगलागी, न्यानोपन र तेज तरङ्ग नै हो नि । आकाश पनि द द धम अर्थात् दया, दम र धर्म गर भन्ने ध्वनिमा गडगडाएर तरङ्ग सिर्जना गर्दछ । कहिले भने आकाशमा शून्यताको तरङ्ग देखापरिरहेको हुन्छ । पञ्चमहाभूतको अंश पशुपन्छी एवं मान्छे पनि बाह्य तथा अन्तर तरङ्गले प्रभावित हुनु स्वाभाविकै भयो । खुला तर शान्त स्थानमा आफ्नै आवाज प्रतिध्वनित भई आफ्नै कानमा ठोकिनु पनि त तरङ्गकै बेजोड पक्ष हुँदै हो ।
ऐतिहासिक भीमसेनस्थान
कुनै बेला पूर्वी नेपालको प्रशासनिक केन्द्र भएका कारण धनकुटा नगरमा बाक्लो चहलपहल हुन्थ्यो । उत्तरमा किमाथाङ्का हुँदै तिब्बत र दक्षिणमा विराटनगर हुँदै भारतको जोगबनी मात्रै होइन, फारबिसगन्ज र कोलकातासम्म जोड्ने व्यापारिक मार्गमा पथ्र्यो धनकुटा । उत्तरमा चैनपुर र दक्षिणतिर विजयपुरबाट पूर्वी नेपालको प्रशासनको केन्द्र धनकुटामा सरेपछि धनकुटा नगर थप गुल्जार हुन पुगेको थियो । करिब २०५ वर्षअघि लेखिएको एक पुस्तकमा उसबेलै धनकुटा नगर व्यापक चल्तीको व्यापारिक मार्गमध्ये एक थियो । फ्रान्सिस बुकानन ह्यामिल्टनले आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ किङ्डम अफ नेपाल’ (सन् १८१९:
विराटप्रतिभा चक्रपाणि चालिसे
वैदिक साहित्यमा केवल देवता र ऋषिहरू मात्र होइन, अन्य भक्तका चरित्र पनि भरिभराउ छन् । एक स्थानमा मनुष्य त्यही तपस्यामा लागेको भए पनि अर्को स्थानमा त्यही मनुष्य जाति आफ्नो तपोबललाई शत्रु–संहारका रूपमा प्रकट गराउन लागेको देखिन्छ । तपोबलद्वारा नै धु्रवले धु्रवत्व प्राप्त गरेका हुन् । भक्त प्रह्लाद संसारमा चिरस्मरणीय बनेका हुन् । राजा यताति, महाराज युधिष्ठिर आदि कैयन् राजर्षिले वैदिक साहित्यका उपासक ऋषिमुनिहरूबाट उपदेश पाएर आत्मलाभ प्राप्ति
मौलिकता धानेका तिज गीत
हिन्दु नारीहरूको महान् पर्व तिजमा चेलीबेटीका दुःखसुख समेटेर गीत गाउने, नाचगान गर्ने र रमाइलो गर्ने परम्परा पुरानै हो । तिजलाई नै लक्षित गरेर कलाकारले गीत/सङ्गीत सार्वजनिक गर्ने परम्परा पनि नौलो होइन तर पछिल्लो समय गीत/सङ्गीतका नाममा आएको विकृतिले निकट भविष्यमा तिजका वास्तविक गीत कस्ता थिए भनेर भावी पुस्ताले थाहा नपाउँलान् कि भन्ने आशङ्का समेत उत्पन्न हुन थालेको छ । पछिल्लो समय तिजका गीतको नाममा व्यापक विकृति बढे पनि थोरै सङ्ख्यामा रहेका पुराना कलाकारका कालजयी गीतले अहिले पनि उत्तिकै तिजको सान्दर्भिकता र मौलिकता झल्काएको हुन्छ ।
आरन पेसाले घर व्यवहार धान्न मुस्किल
पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बन्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ ।
खरमुजुरको वासस्थान व्यवस्थापन
सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर (बेङ्गाल फ्लोरिकन) को वासस्थान व्यवस्थापन गरिएको छ । लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो । त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ । युएसआइडी जल, जङ्गल (बायोडाइभर्सिटी) परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ (बिसिएन) ले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्जबाहिरका सामुदायिक वन गरी १५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिनुभयो ।
वडाले जग्गा बाँझो राख्न नदिने
गाउँमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरेर जीविकोपार्जन गर्न सामुदायिक नीति, २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । मेलौली नगरपालिका–९, विशालपुरले वडामा खाद्य सङ्कट निम्तिएपछि सामुदायिक नीति घोषणा गरेर बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीका मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पर्यावरण जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षरोपण गर्ने नीति सार्वजनिक गरेको छ । केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवारले कोदो खेती गर्दै आएकामा अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् ।
राजधानीकै सडक निर्माणमा ढिलाइ
कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ । वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडकखण्डमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड
तिज गीतमा वातावरण जोगाउने सन्देश
वीरेन्द्रनगर नगरपालिका–४ का महिलाले हरितालिका तिज वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाका पीडा, वेदनाभन्दा पनि वन वातावरण महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नुपर्ने जस्ता चेतनामूलक गीत गाएर उनीहरूले सन्देश दिएका छन् । भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४ ले तिजको अवसर पारेर शुक्रबार वन वातावरणसम्बन्धी जनचेतनामूलक तिज गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी नौ वटा महिला टोली सबैले वन वातावरण जोगाउनुपर्ने, जथाभाबी वन फँडानी गर्न नहुने, वृक्षरोपण गर्नुपर्ने जस्ता सन्देश दिए ।
ढोरपाटनमा उच्च घनत्वको स्याउ खेती
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फुजी, रेड गरी चार जातका स्याउका बेर्ना रोपिएको थियो । मसमा परीक्षणका रूपमा लगाएका स्याउमा राम्रो फल लागेको छ ।
नेपाल–भारत चिकित्सक कार्यशाला : उपचारमा सहकार्य गर्ने सहमति
नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो ।
शिक्षक पाउनै मुस्किल
पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् ।
सङ्कटमा जलचर जीविकामा असर
धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो ।
चुरे भेगमा चल्न सकेनन् बस
प्रमुख चाडपर्व नजिकिँदै गर्दा सर्लाहीको चुरे भेगका स्थानीय बस सञ्चालन नभएर निराश बनेका छन् । जिल्लाको उत्तरवर्ती चुरेका विकट गाउँमा गत असार अन्तिमदेखि बस चल्न सकेका छैनन् । खोलामा बाढी आइरहेकाले चुरे भेगको नारायणखोला, शिरकालिन्जोर, पिपलदमार, भित्रीखोलालगायत क्षेत्रमा यात्रुवाहक बस सञ्चालन हुन नसकेका हुन् ।