आइटिएफ तेक्वान्दोमा लुम्बिनीको वर्चश्व
‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ ।
इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल
इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग सम्बन्धित विविध व्यक्तिसँग ‘मजिपाः लाखेननी’मा छलफल भएको छ।
आर्मीमाथि एपिएफको रोमाञ्चक जित
एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन
असोजको पहिलो साता काठमाडौँमा बालसाहित्य सम्मेलन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ र ५ गते दुई दिवसीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुन लागेको हो।
जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो ।
गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण
गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै सङ्केत देखिएको छैन ।
गल्याङ ब्लास्टरलाई क्रिकेट उपाधि
गल्याङ प्रिमियर टी–२० लिग क्रिकेट (जिपिएल) को उपाधि गल्याङ ब्लास्टरले जितेको छ । शनिबार भएको फाइनलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधि जितेको हो ।
दाहस्थानमा प्रहरीचौकी !
जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा चेकपोष्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ ।
हलेसीमा साढे ८ करोडको योजना शिलान्यास
प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ। हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नुभएको हो।
नेपाल–भारतबिचका समस्या संवादद्वारा समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताउनुभएको छ ।
पोखरा–होकुतो भगिनी सम्बन्ध कायम
पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच भगिनी सम्बन्ध कायम भएको छ। दुवै सहरबिच पर्वतीय नगर मित्रता सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको होकुतो नगरका प्रमुख एइजी उएमुराले शुक्रबार हस्ताक्षर गर्नुभएको हो।
गणेश चतुर्थीमा रोपियो १०८ पिपलका बिरुवा
अर्जुनचौपारी गाउँपालिकाले वडा नम्बर १ पञ्चकन्या धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवा रोपण गरेको छ ।
वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी
अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।
वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना
डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ ।
नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ ।
गुल्मी कारागारमा पुस्तकालय स्थापना
जिल्ला कारागार गुल्मीमा पुस्तकालय स्थापना गरिएको छ । विभिन्न समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन हुँदा यहाँका कैदीबन्दीले माग गरे बमोजिम पुस्तकालय स्थापना गरिएको हो ।
हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन
हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य छन् ।
धनगढीको नेतुवा तालमा डुबेर एकको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको नेतुवा तालमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
धनगढीको नेतुवा तालमा डुबेर एकको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको नेतुवा तालमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षका कमल चौधरीको ज्यान गएको हो ।
मेवाखोलामा पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित मेवा खोलामा मोटर गुड्ने पुल (बेलिब्रिज) बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ ।
पर्यटक लोभ्याउँदै दुर्लभ डल्फिन (फोटो फिचर)
विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनलाई कैलालीमा निकै नजिकबाट सजिलै अवलोकन गर्न सकिन्छ । वर्षा यामभरि मोहना र यसका सहायक नदीहरु पथरैया, काँढा, कान्द्रामा डल्फिन आउने डल्फिन यहाँ अरु ठाउँको तुलनामा सजिलै देखा पर्ने गर्दछन् ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती
नवलपुरमा पछिल्लो समय लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती थपिएको छ । जिल्लामा एक वर्षको अवधिमा विषादीयुक्त आहाराका कारण २३ गिद्धको मृत्यु भएको छ ।