चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
अन्तर मेडिकल कलेज खेलकुद : कर्णाली प्रतिष्ठान प्रथम
जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ ।
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति
पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उहाँका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
गलेखामकोटबाट देखिएको दृश्य
समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित तनहुँको व्यास नगरपालिका–६ गलेखामकोटबाट लिएको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङका विभिन्न क्षेत्रका दृश्य ।
तानसेन बजार
पाल्पाको सदरमुकाम तानसेन बजार र पृष्ठभूमिमा हरियाली श्रीनगरडाँडा ।
देगु तलेजुको पुनःनिर्माण सम्पन्न
नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
तरकारीमा नुन हाल्दा किन निस्कन्छ पानी ?
दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरा र अनुभव गरेका घटनालाई हामीले त्यति चासो लिने गरेका छैनौँ । ठुला मानिसका लागि यस्ता विषय सामान्य लाग्न सक्छन् तर बालबालिकाका लागि ती विषय अनौठा लाग्छन् । बालबालिकाको दिमागमा यस्ता हरेक परिवर्तनका घटना मात्र किन ? कसरी ? भन्ने प्रश्न उब्जन्छ । यस्तै प्रश्न र त्यसको सही समाधान खोजी गर्दै जानु विद्यार्थीको लक्षण हो । यस लेखमा त्यस्तै सामान्य घटनाको वैज्ञानिक कारणबारे बुझाउन खोजिएको छ ।
अनाथको आश्रय घर
भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो । तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपा
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।
महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन
रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ ।
दामोदरकुण्डको यात्रा
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा ।
‘लामखुट्टे नष्ट गर’ अभियान
बुटवल उपमहानगरपालिकामा यो वर्ष सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी डेङ्गुको जोखिम बुटवलमा छ । गत साउन महिनामा मात्रै बुटवलमा ९१ जनामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । त्यसपछि तिलोत्तमा र भैरहवामा डेङ्गुको जोखिम उच्च छ । डेङ्गु सङ्क्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ । रुपन्देहीमा पछिल्ला समय डेङ्गु सङ्क्रमण बढ्न थालेपछि बुटवलसँगै रुपन्देहीका पालिकामा डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
जनउत्तरदायी सेवा प्रवाहको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ । निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्ला प्रशासन कार्यालयद्वारा शनिबार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सेवा प्रवाहलाई चुस्त, छिटोछरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नुभएको हो ।
झाडाबाट थप दुई जनाको मृत्यु
बाँकेका केही पालिकामा देखिएको झाडा पखालाबाट थप दुई जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, सोनवर्षाका निर्मला पासी र जानकी गाउँपालिका–५, बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि नरैनापुर गाउँपालिका–३, गेग्ली गाउँमा पखाला लागेर पानीको कमीले गर्दा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको थियो । थप दुई जनाको मृत्यु भएपछि बाँकेमा पखालाबाट मर्नेको सङ्ख्या छ पुगेको छ । पखालाका कारण नरैनापुर–६, सोनवर्षा निवासी निर्मला पासीको मृत्यु भएको नरैनापुर–६ स्थित गङ्गापुर स्वास्थ्यचौकीका इन्चार्ज भरतराज बुढाथोकीले बताउनुभयो भने जानकी–५, बेलहरीका होली तेलीको पनि पखालाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो ।
‘रक एङ्करिङ’ प्रविधिबाट बैसरी पहिरो रोकथाम
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी पहिरो ‘रक एङ्करिङ’ प्रविधिबाट रोकथाम गरिएको छ । सडकमाथि रहेको पहिरोबाट निरन्तर रूपमा लेदोसहित ढुङ्गा खसेर विगतमा सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षतिसमेत भएको थियो । पहिरो रोकथामका लागि विभिन्न प्रयास गर्ने क्रममा आयोजनाले रक एङ्करिङ प्रविधि प्रयोग गरेको हो ।
मधेशमै सरकारी तहमा एमबिबिएस पढाइको तयारी
मधेश प्रदेशमा पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षा आरम्भ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेपछि प्रदेशमै पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको आरम्भ हुने भएको हो ।
इँटा व्यवसाय खस्किँदै
मधेश प्रदेशमा तयारी इँटा बिक्री नहुँदा इँटा उद्योगी व्यवसायी आर्थिक मारमा परेका छन् । इँटा उद्योग सञ्चालन गर्न लिएको ऋणको साँवा ब्याज तिर्न, मजदुरलाई मजदुरी दिन, लागत लगाउनसमेत नसकिरहेको व्यवसायीले बताएका छन् । सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको शनिबार आयोजित चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा व्यवसायीले यस्तो पीडा सुनाएका छन् । राज्यले इँटाको विकल्प कङ्क्रिटको प्रयोग गरेर विकास निर्माणको काम गर्न थालेका कारण इँटाको मागसँगै बजार पनि खुम्चिएको व्यवसायीको कथन छ । वातावरण र पर्यावरण अध्ययनबिना नै कङ्क्रिट प्रयोग गरिरहेको विकास निर्माण कार्यले जलवायु परिवर्तनमा असर पारिरहेको उहाँहरूले तर्क गर्नुभयो तर पनि सडक ढलान जस्ता वातावरण र पर्यावरणमा असर पार्ने काम तीव्र रूपमा भइरहेको उहाँहरूको भनाइ छ ।
पुर्ख्यौली पेसा संरक्षणको माग
पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो समुदायले पुर्ख्यौली नै अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेका हुन् । लहान–४ का ५७ वर्षीय जगदीश पण्डित यति बेला विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउनमा व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चौरचन पर्वका लागि माटोका सामग्री ढकना, कलश, मटकुरी र दियोलगायतका सामग्रीबाट यस वर्ष खासै आम्दानी भएन । लहान–४, ५, ६, र ८ मा रहेका २५० घर कुम्हार परिवारले निकै सङ्ख्यमा चौरचन पर्वका लागि माटोका सामग्री बनाएपछि बजार मूल्य पाउन सकेन । मूर्तिबाट कमाइ हुने आसमा विश्कर्माको मूर्ति बनाउन लागिपरेका छौँ । ३० वटा माटोका मूर्ति बनाएर २० हजार रुपियाँसम्म कमाइ हुने आशा गरेका छौँ ।”
प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।
गर्भवती बनाएपछि कुटेर गर्भपतन
भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षीय युवतीले आफूलाई विवाहको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र त्यसपछि गर्भवती भएकोमा केटा पक्षकाले कुटेर गर्भपतन गराएको दाबी गर्नुभएको छ । पीडित युवतीले पत्रकार सम्मेलन गरी जिल्ला सदरमुकाम इनरुवा–३ का हसबुल मियाँका २४ वर्षीय छोरा इमारान मियाँले आफूलाई करिब दुई वर्षदेखि फोन कुराकानीमा अविवाहित रहेको र विवाह तिमीसँगै गर्ने भनी एक वर्षअघिदेखि पटक पटक शारीरिक सम्बन्ध राखेर बोकाएको गर्भ पतन गराएको गुनासो गर्नुभएको छ ।
निर्माणको काममा मुद्दा, डेढ दशकदेखि भवन अलपत्र
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । स्वास्थ्य चौकीसम्बन्धीको विषयमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन निर्माणको काम अलपत्र भएको हो । उक्त भवनको निर्माण कार्य २०६३ सालदेखि थालिएको थियो । १८ वर्ष बितिसक्दा पनि भवन अलपत्र भएपछि यहाँका स्थानीय बासिन्दाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको
लामो समयदेखि कार्यान्वयन नभएको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जनमा ढिलाइ भएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्ने जनाएको छ तर परिमार्जनमा भने ढिलाइ भइरहेको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रममा परिमार्जनसहित कार्यक्रम कार्यान्वयन गर्ने भनिएको छ । जसमा ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई आवश्यक परिमार्जनसहित निरन्तरता दिइने जनाइएको छ । कार्यक्रम कार्यान्वयनका लागि नयाँ ऐन निर्माण गरेर कार्यान्वयन गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अहिले नयाँ बन्ने ऐनको अवधारणा निर्माणका लागि राय सङ्कलनको काम भइरहेको मन्त्रालयका सचिव आनन्द सारूले बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने ऐनको अवधारणा निर्माणका लागि तीन वटा मन्त्रालयमा राय