• ७ मंसिर २०८१, शुक्रबार

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  भदौ २३ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु. एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।   रासस