योगेश भट्टराईलाई प्रश्न : दुई पटक सांसद हुँदा ताप्लेजुङमा के के काम गर्नुभयो ?
ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ ।
समयमै पारिश्रमिक दिने सहमति पछि काममा फर्किएर मजदुर
म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका मजदुरहरू काममा फर्किएका छन् । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसाेसिएट्सले समयमै पारिश्रमिक नदिएको भन्दै मजदुरहरूले शुक्रबार आन्दोलन गरेका थिए । मजदुरको आन्दोलनका कारण अडिट नम्बर १, २ र ३ मा निर्माण कार्य प्रभावित भएको थियो ।
घर–घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीयको मुहारमा खुसी छाएको छ ।
वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग
वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।
प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता : मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरूले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
गाउँ-गाउँमा सडक कालोपत्रे गर्दै बन्दीपुर गाउँपालिका
पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन तनहुँको एक पालिकामा सडक कालोपत्रे प्राथमिकतामा परेको छ । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षलाई सडक कालोपत्रेलाई प्राथमिकता दिएको हो ।
चोरीको आरोपमा एक युवक पक्राउ
सप्तरीको अग्नीसाईर कृष्णावारन गाउँपालिका-२ चाँदनी चोकबाट शनिबार चोरीको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारका अन्दाजी वर्ष १८ वर्षीय प्रकाश दास रहेका छन् ।
यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु
दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि
अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।
मन लोभ्याउने दृश्य (फोटो फिचर)
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिशूले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउँछ ।
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।
बालबालिकामा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै
बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ ।
न्वाँगी पर्वको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले चेपाङ समुदायको पर्व न्वाँगी (छोनाम) को अवसरमा देश तथा विदेशमा रहनुभएका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते प्रकृति पूजक चेपाङ समुदायले पर्व न्वाँगी मनाउँदै आएका छन् ।
अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत
अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।
पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण
थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
रसुवाको पासाङल्हामु मार्ग बन्द
जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् ।
महिलाको नेतृत्वमा बहुउद्देश्यीय भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा आमाहरूको नेतृत्वमा आमा समूहको भव्य बहुउद्देश्यीय भवन गरिएको छ ।
चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ ।
धुलिखेल–खावा सडक विस्तार : मालवाहक गाडी दुई दिन नचल्ने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा शनिबारदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गृह सचिवको जिम्मेवारीमा दुवाडी
गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाउनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उहाँलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक: प्रमुख सचिव
बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक प्रशासन सेवालाई प्रभावकारी बनाउन निजामती कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ ।