राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ प्रोडक्ट सुरु
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट सुर गरेको छ । बैङ्कले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैङ्क कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको सुरु गरेको हो ।
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा ९बर्ड फ्लु० फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।
लोप हुँदै ऐतिहासिक सराँय नाच
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाँच्ने प्रचलन छ ।
जङ्गली हात्तीको समूहद्वारा विद्यालय भवनमा क्षति
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
कम्प्युटर र मोटरसाइकल चलाउन नजाने जागिर चट्
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।
हलको विकल्प खोज्ने निश्चलको चेतावनी
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
डडेलधुरा बस दुर्घटना : मृतक चारजना एकै परिवारका
डडेलधुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।
‘जीवन सारङ्गी रेटेरै चलेको छ’
पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।
कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद् अवस्था रहेको बताउनुभयो ।
नाम फेर्ने कि कार्यशैली
सङ्घीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तह व्यवस्थापनमा विभिन्न अवरोध देखिएका छन् । यस ढिलाइले सङ्घीय एकाइले पाएको कानुन निर्माणको अधिकार क्षेत्रमा समेत समस्या थपेको छ
संयुक्त राष्ट्रसङ्घका उद्देश्य : विषयगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्त उल्लेख गर्दै महासभाले सम्पादन गर्ने कार्यको सूची तयार गर्नुहोस् । के सरकारबाहिरका पात्र संयुक्त राष्ट्रसङ्घमा आबद्ध हुन सक्छन् ? अन्तर्राष्ट्रिय शान्तिसुरक्षा, मानवीय सहयोग र मानव अधिकारको प्रवर्धन गर्न सार्वभौम राज्यले स्थापना गरेको सङ्गठन नै संयुक्त राष्ट्रसङ्घ हो । विश्वका साझा समस्या र जल्दाबल्दा मुद्दामा छलफल गर्ने मञ्चका
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ? अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।
आज देशभरको मौसम अनुकूल रहने
हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
डडेलधुरामा बस दुर्घटना: चार जनाको मृत्यु, १२ घाइते
महाकाली राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
डाइभर्सन बने पनि बिपी राजमार्गको यात्रा कष्टकर
बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य
एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान
बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत तीन वर्षदेखि बाँकेमा धान जोन परियोजना लागु गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ । सो परियोजना अन्तर्गत यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषको निष्कर्ष : धर्मशालामा मोही हक लाग्दैन
पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको गौशाला धर्मशालामा कुनै व्यक्ति
कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानडा सम्बन्धमा दरार
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् ।
ग्लोबल आइएमई बैङ्क र महालक्ष्मी विकास बैङ्कबिच सम्झौता
ग्लोबल आइएमई बैङ्क लिमिटेड र महालक्ष्मी विकास बैङ्कबिच गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध
पहिरोले अवरुद्ध बनेको बुद्धसिंह मार्ग लामो समयसम्म पनि सुचारु नहुँदा यात्रु मर्का परेका छन् । २० दिन अघि देखि पूर्ण रूपमा अवरुद्ध भए पनि सुचारु गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
दुई दिनदेखि मन्थली-लुक्ला उडान ठप्प
खराब मौसमका कारण दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प भएको छ ।
‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’
गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडुवालको निधन
विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । बडूवालको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापा जानकारी दिनुभयो ।