डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ ।
एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
दशैँघरमा भित्र्याइयो फूलपाती
तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।
'मेलम्चीको पानी सिधै पिउन योग्य छ'
उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो ।
तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
भीमफेदी दुर्घटना अपडेट : ३१ जना डिस्चार्ज
हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ ।
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बसको सिसा लागेर घाइते बालिकाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइतेभएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।
जनकेन्द्रित विकासका पक्ष
सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानको प्रस्तावनामा
शान्ति र मुक्तिको पर्व विजयादशमी
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।। विजयादशमी अर्था
लगानी प्रवर्धन
मुलुकमा भएको राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धितर्फको यात्राले गति लिने अपेक्षा स्वाभाविक थियो । समृद्धिका लागि दिगो विकास आवश्यक हुन्छ र यसका लागि पूर्वाधार विकासलाई पहिलो स
भारत दियो दशवटा ‘स्टिल ब्रिज’का पार्टपुर्जा
भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
त्रिशूलको माग बढ्यो, आरन खाली
दसैँको चहलपहलसँगै विभिन्न मठमन्दिरमा त्रिशुल, घन्ट, धामी झाँक्रीले लगाउने चाँदीका बाला र भगवतीका शक्तिपीठमा राँगा÷बोकाको बलि दिने खुँडाको माग बढे पनि जिल्लाका अधिकांश आरन खाली छन् । आरनमा फलाम पिट्ने कालिगड छैनन् । आरनको सिप भएका अधिकांश दलित रोजगारी खोज्न भारत पलायन भएपछि गाउँमा अचेल कालिगड भेटाउन मुस्किल परेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग १५ बुँदे जानकारी माग
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सञ्चालक समितिका निर्णय तथा ठेक्कापट्टालगायतका १५ विभिन्न बुँदामा जानकारी माग गरेको छ ।
‘हुलाक सेवाको विकासमा सरकार अग्रसर छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुनेक्रममा रहेको र यसको विकासका लागि सरकार अग्रसर रहेको बताउनुभएको छ । १५० औं विश्व हुलाक दिवसको अवसरमा आज भिडियो सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नगदसहित अठार जुवाडे पक्राउ
प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो ।
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।
पत्रकारले बनाइदिए दृष्टिविहीनको घर
बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् ।
राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
झिम्रुक नदी किनारको बरौंला बजार
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित रहेको बरौंला बजार सुन्दर देखिएको छ । बरौंलामा ६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको मुकाम हो ।
पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
शक्तिपीठमा दसैँको रौनक
दसैँको पाँचौँ दिनसम्म आइपुग्दा मधेशका भगवतीका मन्दिर तथा शक्तिपीठमा भिडभाड बढ्दै गएको छ । प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गरी आठ वटै जिल्ला
तीव्र गतिमा डाइभर्सनको काम
रोसीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको बिपी राजमार्ग सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दसैँअघि अवरुद्ध भएको सडक सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिए पनि दसैँअघि सडक सञ्चालन हुनेमा आशङ्का भने कायमै छ ।
कार जत्रो कछुवाको जीवाश्म
कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको छ ।