स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ ।
इन्टरनेट अवरुद्ध
आइतबार राति देशभर इन्टरनेट सेवा प्रभावित भएको छ । प्रमुख इन्टरनेट सेवाप्रदायक नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेटमा पनि समस्या भएको हो ।
दुई यात्रीले गरे पहिलो पटक एकसाथ अन्तरिक्ष भ्रमण
नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् ।
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ ।
‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद
सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ ।
साइबर सुरक्षा ‘एडभाइजरी’ जारी
सरकारले सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ ।
लाम ‘परेड’ खेल्दै ग्रहहरू
सौर्यमण्डलमा रहेका आठ वटा ग्रहमध्ये छ वटा ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन् ।
सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’
सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो।
सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ देख्न सकिने
सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चार वटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो ।
पाकिस्तानले एआई प्रविधिमा युवालाई प्रशिक्षित गर्ने
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो देशले युवालाई विकसित प्राविधिक परिदृश्यमा फस्टाउनका लागि शिक्षाको परिवर्तनकारी शक्तिलाई मान्यता दिएको बताउनु भएको छ ।
‘सूचना प्रविधि उद्योगीका लागि अध्यादेश सकारात्मक’
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गरेको छ ।
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनुभएको छ।
अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ । टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्तासम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ ।
स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण
स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन् ।
एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताउनुभएको हो ।
सामाजिक सञ्जालको बेथिति नियमन गर्न जरुरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । म
माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने
अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।
बितेको वर्ष : न बिस्मात न हर्ष
मेसोपोटामियाबाट मनाउन थालिएको इस्वी संवत् २०२५ मा विश्व प्रवेश गरेको छ ।
जापान एयरलाइन्समा साइबर आक्रमण
जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।
भुताहा ह्याकर
सोच्नुस् त ! एक दिन निधन भइसकेका तपाईंको नजिकको व्यक्तिबाट फेसबुकमा म्यासेज आयो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्स-रे स्पेक्ट्रोमिटर स्थापना
रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा उन्नत एक्स-रे स्पेक्ट्रोमिटर स्थापना गर्न सात घण्टाभन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नुभएको छ ।
‘विज्ञान र प्रविधिमा नास्टको नेतृत्वदायी भूमिका’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको क्षेत्रमा भइरहेको विकासलाई हाम्रो दैनिक जीवनसँग जोड्ने कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
‘आउट सोर्सिङ’ मा सरकारी अनलाइन, जोखिममा राष्ट्रिय तथ्याङ्क
नागरिकलाई सेवा दिनुपर्ने सरकारी र सार्वजनिक निकायले ‘आउट सोर्सिङ’ गरेर प्रविधि भित्र्याउँदा सेवा प्रवाहमा समस्या परिरहेको छ ।