डिजिटल बैङ्क र डिजिटल करेन्सी
नेपालमा अहिले जति पनि बैङ्क छन् ती भौतिक रूपमा सञ्चालनमा छन् । यस्ता बैङ्कको सेवा लिन सेवाग्राही भौतिक रूपमै बैङ्कमै उपस्थित हुनुपर्छ । नेपालमा पनि डिजिटल बैङ्कको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वका धेरैजसो देशमा डिजिटल बैङ्क प्रचलनमा आइसकेका छन् । डिजिटल बैङ्कको ऋण प्रवाह, निक्षेप सङ्कलन तथा अन्य सबै सेवा अनलाइनबाट सञ्चालन हुन्छ । यस्ता बैङ्कले एउटै शाखाबाट देशभर सेवा दिन सक्छन् । डिजिटल बैङ्कको सेवा लिन बैङ्कको केन्द्र वा शाखा कार्यालय धाउनु पर्दैन ।
बृहस्पतिको अन्वेषण
मानिसले बृहस्पति ग्रहको अध्ययन/अनुसन्धान गर्न लागेको चार सयभन्दा बढी वर्ष भएको छ । सन् १९७० को दशकदेखि मात्र मानिसले त्यहाँ अन्तरिक्ष यान पठाइरहेको छ । सन् १९७३ यता नौ वटा अन्तरिक्ष यान बृहस्पति नजिक पुगेका छन् र तिनीहरूको सहयोगबाट मानिसले बृहस्पतिका बारेमा धेरै कुरा पत्ता लगाएको छ ।
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत आयोजना अन्तिम चरणमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ ।
कैलालीको सात नदीमा तटबन्ध निर्माण सुरु
जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी, गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।
आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बिचमा लैजान सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो ।
‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी
सरकारले यस वर्ष (वि.सं.२०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रुपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ ।
विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् ।
माडीमा विद्युत सेवा अवरुद्ध
चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत अवरुद्ध भएको थियो ।
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।
दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ-९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो ।
सुनकोशी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी
सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ ।
वि.सं.२०८० : मेलम्ची पर्खदै बित्यो आधा वर्ष
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैैले पत्याएनन् । उल्टो उहाँलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो ।
भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन
भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।
अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’
प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेसन (एप)’ उपयोगी साबित भएको छ ।
लहानमा आठ करोड लागतमा ड्रेन बन्ने
सिराहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गर्नुभयो ।
टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण
विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ ।
ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत
लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको ५७ औँ बैठकले विभिन्न चार आयोजनाका लागि ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको हो ।
एक जना प्राविधिकको भरमा ६० वटा योजना
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ ।
साइबर अपराध बढ्दै
सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बरै ब्लक गरिदिनुभयो । तर फेरि अर्को नम्बरबाट त्यसै गरी म्यासेज आउने क्रम जारी रह्यो । उहाँले भन्नुभयो, “डर लागेर मैले जवाफ दिएको छैन, कुरा पनि गरेको छैन तर जति वटा नम्बर ब्लक गरे पनि फेरि त्यसै गरी आइरहन्छ ।” त्यस्तै सविता राना (नाम परिवर्तन) पनि उच्च माध्यमिक तहमै अध्ययनरत हुनुहुन्छ । उहाँको इमो म्यासेन्जरै ह्याक भएर अरूले चलाइरहेको छ । जसकारण उहाँले अर्को तनाव झेलिरहनुभएको छ ।
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्याइयो
दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ ।
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।
प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई सञ्चारमन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा
इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।