• १२ साउन २०८१, शनिबार

नेपाली पात्रोद्वारा गुगल प्लेस्टोरमा एक कराेड डाउनलोड पूरा

blog

काठमाडौं, असार २५ गते । नेपाली पात्रोले गुगल प्लेस्टोरमा एक करोड डाउनलोड पूरा गरेको छ । नेपाली पात्रोका आशिष कार्कीले नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्वहरु, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृतिलगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको जानकारी दिनुभयो ।

नेपाली पात्रोमा रेडियो, समाचार, वैदिक पात्राे, राशिफल, मूल्यसूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जनभन्दा बढी सुविधा समावेश गरिएको उहाँको भनाइ छ । साथै  नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्लेस्टोरमा ४.३ स्टार रेटिङसाथ लोकप्रिय भएको देखिएको उहाँ बताउनुहुन्छ । नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने समेत नेपाली पात्रोका कार्की जानकारी दिनुभयो ।

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या पनि उल्लेख्य छ । दैनिक १० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ करोडमाथि छ ।

नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्राेता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ । यसका लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्यूजपोर्टल र ३५० भन्दा बढी रेडियो जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन भएको उहाँले बताउनुभयो । हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्युसन नेटवर्कट नेट टिभिमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।