जिउक्वान, फागुन १५ गते । चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।
यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड-२सी) पी पनि भनिन्छ । दिउँसो ३:०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ-१ ०३ र सिवेई गाओजिङ-१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो । रासस/सिन्ह्वा