काठमाडौँ, फागुन ९ गते। नेपाली रेडियोका कार्यक्रम अब आफ्नो समय अनुसार सुन्न सकिने भएको छ। देश–विदेशमा रहेका नेपालीका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रम श्रोताको समयानुकूल नहुँदा, रेडियोबाट प्रसारित हुने महत्वपूर्ण सूचना सुन्न सकिने भएको छ।
समस्यालाई पहिचान गरी नेपालको पहिलो डिजिटल पात्रो ‘नेपाली पात्रो’ ले समाधानसहितको सुविधा ल्याएको हो।
नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रम नेपाली पात्रोमा श्रोताको समय अनुसार सुन्न सकिन्छ। सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रम नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ। यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमको नाम तथा प्रसारण समय उपलब्ध गराएको हो।
नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा लोकप्रिय छ। नेपाली पात्रोले विज्ञप्ति सार्वजनिक गर्दै यसलाई अझ उपयोगी तथा प्रयोगकर्ता मैत्री बनाउन नयाँ प्रविधिको प्रयोग गरिएको बताएको छ।
‘प्रयोगकर्ताको सल्लाह सुझावलाई आत्मसात् गर्दै अगाडि बढेको यस एप्लिकेसनले आगामी दिनमा पनि तपाईंहरूको सल्लाह सुझावलाई अनुसरण गर्दै अगाडि बढ्नेमा पूर्ण विश्वास दिलाउन चाहन्छौं’, नेपाली पात्रोले विज्ञप्तिमा भनेको छ।