सञ्जयलाई एनसेल बाह्रखरी गल्फ उपाधि
सञ्जय पौडेलले ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट रिसोर्टमा शनिबार भएको प्रतियोगिताको उपाधिसँगै सञ्जयले सुनको बल पुरस्कार पाउनुभयो ।
रुपेश र सुजना बुद्धिचाल च्याम्पियन
नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र वोमेन फिडे मास्तर सुजना लोहनीले जित्नुभएको छ ।
मच्छिन्द्र र खुमलटार विजयी
साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।
एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित
साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो ।
साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल रेलिगेसनको दबाबमा रहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।
बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटन
बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
एमबाप्पेको गोलका पीएसी विजयी
सुपर स्टार केलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई २-१ गोलले हरायो ।
एनआरटीले एपीएफलाई हरायो
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले एपीएफ क्लबमाथि कठिन जित निकालेको छ ।
रुपेश र सुजनाको अग्रता कायमै
रुपेश जैसवाल र सुजना लोहनीले नेशनल बुद्धिचाल च्याम्पियनसिपमा अग्रता कायम राख्नुभएको छ ।
बाँकेमा अन्तर्राष्ट्रिय मापदण्डको दोस्रो पौडी पोखरी निर्माण
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण गरिएको छ ।
ओमानमाथि नेपालको सानदार जित
ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।
सन्दीपको कीर्तिमानी एक सय विकेट पूरा
नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ ।
रानीमहलमा यसै महिना बीच भलिबल हुने
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
भारोत्तोलनमा विकासको राष्ट्रिय कीर्तिमान
साग स्वर्णधारी विकास थापाले १९औँ एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान रच्नुभएको छ ।
नेपालद्वारा ओमानलाई तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य
कुशल मल्लले शतकीय इनिङ्स खेलेपछि एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
युरोपा लिग : सेभिया र युभेन्ट्स सेमिफाइनलमा
स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
बुद्धिचालमा रुपेश र सुजनाको अग्रता
प्रतियोगितामा पुरुषतर्फ पहिलो वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्डबाट प्रतिभाको खोजी गरिने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ ।
राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट
नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
पेनाल्टीमा चुकेपछि शेर्पालाई थ्रीस्टारको झट्का
पेनाल्टीमा चुकेपछि हिमालयन शेर्पा क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ ।
५०औँ एक दिवसीय खेल्दै नेपाल
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपालका लागि ५०औँ एकदिवसीय खेल पनि हो ।
मलेसियासँग साउदी अरब पराजित
एसिसी प्रिमियर कपमा मलेसियाले साउदी अरबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले साउदी अरबलाई आठ विकेटले हरायो ।
जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण
१८औँ राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडी स्वर्ण जितेका छन् । नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्द्रबहादुर श्रेष्ठ र उहाँका बहिनीहरू निशा र देवकीले स्वर्ण जित्नुभएको हो ।