सङ्खुवासभा सभापोखरीमा काँग्रेस नेतृत्वको गठबन्धन विजयी
ध्यान कुलुङसङ्खुवासभा, जेठ १ गते । जिल्लाको सभापोखरी गाउँपालिकामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्ष पदमा काँग्रेसका भिमबहादुर लिम्बु र नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष लक्ष्मी चापागाई निर्वाचित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार लिम्बुले ३ हजार ७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार चापागाईले २ हजार ४३९ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष रत्नबहादुर सुब्बाले २ हजार ३०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षका निकटतम् प्रतिद्वन्दी एमालेका सविता बरालले २ हजार ३७६ मत प्राप्त गर्नुभयो । सभापोखरी गाउँपालिकाका ६ वडाहरु मध्ये वडा १, २ र ३ एमालेले जितेको छ । वडा नम्बर ४, र ६ मा गठबन्धन अन्तर्गतको काँग्रेसले जितेको छ । मित्रवत प्रतिष्पर्धा भएकोमा वडा नम्बर ५ मा पनि काँग्रेसले नै जितेको छ ।
कैलालीको थप दुई वडामा काङ्ग्रेसको जित
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको थप दुई वडामा नेपाली काङ्ग्रेसले वडा अध्यक्ष जितेको छ । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा सो पार्टीका सन्तोष मुडभरी पुनः निर्वाचित हुनुभएको छ । यस्तै, कैलारी गाउँपालिका–२ को वडा अध्यक्षमा प्यानलसहित विकास चौधरी निर्वाचित हुनुभएको छ । कैलालीमा नेपाली काङ्ग्रेसले अहिलेसम्म ६ वडा अध्यक्ष जितेको छ । नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले दुई दुई सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जित्नु भएको छ । सत्तागठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।
कैलालीको तीन पालिकामा चार वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली) जेठ १ गते । कैलालीको घोडाघोडी, बर्दगोरिया र भजनी नगरपालिका तथा गाउँपालिकामा आईतबार दिउँसोसम्म फरक फरक राजनीतिक दलका चार जना वडा अध्यक्ष विजयी भएका छन् ।कैलालीको घोडाघोडी नगरपालिकामा वडा १, २ , र १२ को मतगणना शनिवार विहानबाट शुरु भए तापनि आईतबार दिउँसो वडा नम्बर १२ को मतगणना सकिएसँगै नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामदुलारे चौधरीको प्यानल विजयी भएको छ । उहाँले नेकपा एमालेका खडकबहादुर चौधरी (उमार)लाई ४७५ मतको अन्तरले पछि पार्दै विजय हुनुभएको हो । विजयी चौधरीले आठसय २६ मत प्राप्त गर्नुभएको छ ।सहायक निर्वाचन अधिकृत उमेशराज रेग्मीले घोडाघोडीको १२ वटा वडामा जम्मा खसेको मत ३३ हजार ६४९ रहेको जानकारी दिनुभयो । आईतबार साँझसम्म सात हजार मत गणना भएको जनाउदै उहाँले वडा नम्बर २ र १ को मतपरिणाम सोमबार दिउँसोसम्म आउन सक्ने बताउनुभयो । घोडाघोडी नपाको प्रमुखमा नेकपा समाजवादीले अग्रता लिएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।त्यसैगरी बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ६ मा समेत वडाअध्यक्ष दुई फरक पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा एमालेका उम्मेदवार मिथुन गौतमले ७९५ मत प्राप्त गर्दै अध्यक्षपदमा विजयी हुनुभएको छ । त्यसैगरी आईतवार दिउँसो सम्मको मतपरिणाममा बर्दगोरिया गाउँपालिकाको वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका रामकृष्ण डँगौरा थारु (रञ्जित) विजयी हुनुभएको छ । बर्दगोरिया गाउँपालिकामा आईतबार साँझसम्म प्रमुखमा एमालेले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ ।कैलालीको दक्षिण क्षेत्रमा रहेको भजनी नगरपालिकामा समेत वडाअध्यक्षको मतपरिणाम आउनु शुरु भएको छ । आईतवार दिउँसोसम्म वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सन्जिव चौधरीले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा जम्मा दुई हजार ९२८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । गौरिगंगा नगरपालिकामा आईतबार साँझसम्म वडा नम्बर १ र २ को तीनहजार मतगणना भएको छ । प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको अग्रता रहेको बताउदै निर्वाचन अधिकृत निराजन पाण्डेले वडाको अन्तिम परिणाम आइनसकेको बताउनुभयो ।
गोदावरी–११ मा स्वतन्त्र उम्मेदवार बडैला विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी हुनुभएको छ । एक हजार ७० भोट प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । बडैलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवारलाई पछाडि पारेर वडा अध्यक्षमा बाजी मार्नुभयो ।
बर्दगोरिया–१ मा एमालेका गौतम प्यानलसहित विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का मिथुन गौतम प्यानलसहित विजयी हुनुभएको छ । ७९५ मत प्राप्त गरेर गौतम वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको छ । महिला सदस्यमा मीरा आलेमगर, दलित महिला सदस्यमा सरस्वती विक, सदस्यमा रामचन्द्र कठरिया र प्रकाश साउँद विजयी हुनुभएको छ ।
किरिया पुत्री मतदानमा सहभागी
स्थानीय तह निर्वाचन प्रतिको उत्साह इलाम जिल्लाभर देखिएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । इलामको माइजोगमाई गाउँपालिका–१ मा बुबाको किरियामा बस्नु भएका तोयानाथ दाहाल र प्रेम दाहालले मतदान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्वारा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।
रौतहटमा निर्वाचन तयारी सम्पन्न
शुक्रबार हुने स्थानिय तह निर्वाचनको लागि रौतहट जिल्लामा मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको छ ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई पक्राउ गरेको कुरा गलत : प्रहरी प्रवक्ता
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको समाचार झुठो रहेको धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।