सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित
सर्लाही, जेठ ९ गते । सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका कल्पनाकुमारी कटुवाल बरहथवा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कटुवालले १२ हजार २७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महतोले छ हजार ६६६ मत मात्रै पाउनुभएको छ । कांग्रेसका विगुप्रसाद चौधरीले छ हजार ५५ मत पाउनुभएको छ । नेतृ कटुवालको जितसँगै नेकपा एमालेले सर्लाहीमा खाता खोलेको छ । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको हो । यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । एमालेका रामबाबुप्रसाद साह नौ हजार ९०१ मत ल्याएर नगरउपप्रमुखमा निर्वाचित हुनुभएको हो । साहका निकटतम प्रतिस्पर्धी कांग्रेसकी गङ्गा दाहालले सात हजार ११९ मत मात्रै ल्याउनुभएको छ । निवर्तमान नगरउपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो हुनुभएको छ । माझीले छ हजार ३१४ मत पाउनुभयो । आइतबार राती बरहथवा नगरपालिकाको मतगणना सकिएसँगै सर्लाहीको २० वटै पालिकाको मतगणना सम्पन्न भएको छ । २० पालिकामध्ये नेपाली कांग्रेस सबैभन्दा धेरै १२ पालिका, माओवादी केन्द्र चार पालिका, जनता समाजवादी पार्टी (जसपा) दुई पालिका, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक पालिकामा विजयी भएका छन् ।
दलका जिल्ला अध्यक्ष पराजित
स्थानीय तह निर्वाचनमा प्रमुख/अध्यक्षमा उम्मेदवार बन्नुभएका प्रमुख दलका जिल्ला अध्यक्षहरू पराजित भएका छन् । मधेस प्रदेशअन्तर्गत सिरहा र धनुषामा पार्टीका जिल्ला अध्यक्ष पराजित भएका हुन् । प्रमुख दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्षहरू स्थानीय तह निर्वाचनमा पराजित भएका छन् ।
वीरगञ्ज महानगर : गठबन्धनका प्रमुख र उपप्रमुखको अग्रता कायमै
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिनुभएको छ।
भंगहा नगरपालिका मेयरमा लोसपा उपमेयरमा काँग्रेस विजयी
महोत्तरीको भंगहा नगरपालिकामा प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । भंगहा नगरपालिकाको मेयरमा लोसपा नेपालका संजिव साह र उपमेयरमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित हुनुभएको छ ।
जलेश्वर नगरपालिका प्रमुखमा जसपा विजयी
जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।
वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन ला
मधेसमा परिणाम आउने क्रम जारी
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । मधेस प्रदेशअन्तर्गत अधिकांश स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । अब केही स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । ढल्केबर समाचारदाताका अनुसार धनुषाको हं
वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै
मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ।
चार गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण
सप्तरीको अग्निसाइर कृष्णासवरन, तिलाठी कोइलाडी, महादेवा र विष्णुपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण गर्नुभएको छ ।