सप्तरी ४ मा कांग्रेसका चौधरी निर्वाचित
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।
महोत्तरी ४ बाट काँग्रेसका राय विजयी
महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो ।
सिरहा–२ मा राजकिशोर यादव विजयी
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बारा–१ मा एमालेका अच्युत मैनाली निर्वाचित
बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
बारा क्षेत्र ३ मा एमालेका ज्वालाकुमारी साह निर्वाचित
बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभयो ।
महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी
महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।
सिराहा –४ मा जसपाका महतो विजयी
सिराहा–४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो ।
सिराहा–१ मा एमालेका रामशङ्कर यादव विजयी
सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव निर्वाचित हुनुभएको छ ।
सिराहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित
सिराहा–३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो ।
सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा एसका न्यौपाने निर्वाचित
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा १ (ख) प्रदेशसभा सदस्यमा एमालेका मण्डल निर्वाचित
धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा ३ (ख) प्रदेशसभा सदस्यमा एमालेका ठाकुर निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनु भएका परमेश्वर साहभन्दा एक हजार ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
महोत्तरी २ मा शरदसिंह भण्डारी विजयी
महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ।
महोत्तरी २ (ख) मा स्वतन्त्रका साह विजयी
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी हुनुभएको छ।
सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास
मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो ।
महोत्तरी २ (क) बाट लोकतान्त्रिक समाजवादीका राइन विजयी
रवीन्द्र उप्रेतीबर्दिबास, मङ्सिर ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ ।
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
सर्लाही २ (क) मा कांग्रेसका राय विजयी
सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
लागूऔषधसहित युवक पक्राउ
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपी नियन्त्रित लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही ३ मा एमालेका उप्रेती विजयी
सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का हरि उप्रेती निर्वाचित हुनुभएको छ ।
महोत्तरी १ (ख) मा माओवादीका साह विजयी
महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो ।
सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी
सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।
रौतहट २ प्रदेश सभा (ख) मा एसका पटेल निर्वाचित
रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो ।
सप्तरी १ (ख) मा जनमतका मियाँ विजयी
सप्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा जनमत पार्टीबाट उम्मेद्वार रहनुभएका सकिल मियाँ विजयी हुनुभएको छ । मिया १६ हजार एक सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो ।