उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताउनुभएको छ ।
‘हामी छाउमै हुर्कियौं तर हाम्रा छोरी बार्दैनन्’
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव, पूर्व मन्त्री एवम् अछाम-१ का प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले युवालाई गाउँमा नदेख्दा मन कटक्क दुख्ने गरेको बताउनु भएको छ।
‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’
विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
'खानपान र थकान हृदयघातका मुख्य कारण'
अल्का अस्पतालका मुटुरोग विशेषज्ञ डा.शिवजीविक्रम सिलवालले ६० प्रतिशत मुटुको चालभन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुरोगको समस्या भन्ने बुझेर अस्पताल जानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय २०/२२ वर्षमै हृदयघातको समस्या बढ्नुले चिन्ता थपिएको जानकारी दिनुभयो ।
नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने
प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही जनवरी २० मा अमेरिकाको वाशिंगटन, डीसी आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद ढकाल अमेरिका जानुभएको हो ।
ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली
मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ ।
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
नाचगान गर्दै भक्तजन
नुवाकोट, माघ ५ गते । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ स्थित समुन्द्रादेवी मन्दिर परिसरमा शनिबार खैँजडी भजन र नाच प्रस्तुत गर्दै भक्तजन । तस्बिरः रासस
अदालत परिसरमा कानुन व्यवसायीमाथि मुक्का हान्नु रास्वपाको असली रुपः बास्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनुभएको छ ।
चोरीचपेटामा नेपाली प्रस्तरमूर्ति
हाम्रो समाजको सामाजिक, धार्मिक, आर्थिक र राजनीतिक सोच र स्थितिको जानकारी तात्कालिक कलाकृतिबाट गर्न सकिन्छ ।
‘योजना बैङ्क कार्यान्वयनमा ल्याउँछौँ’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण गर्दा योजना बैङ्कको अवधारणालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
कुचो र थुन्चे बेचेर छोराछोरी पढाउँदै आमाहरू
त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटीका २१ जना महिलाले अम्रिसोको कुचो बनाएर बिक्री गरी जीवन धानिरहेका छन् । २०७९ सालबाट अम्रिसोको कुचो र निगालोबाट थुन्चे बनाई बिक्री गरेर उनीहरूले मनग्गे आम्दानी लिदैं आएका छन् ।
ईर्ष्याका फूलहरू
मन्दिरसामु उभिएको छु । सुनेको छु, मन्दिरभित्र ईश्वर छन् । र, ईश्वर लुकेर हेरिरहेछन् बाहिरको संसार । मन्दिरपरिसरमा धेरै मान्छे छन् पङ्क्तिबद्ध– उनै ईश्वरको दर्शनार्थ । सबै दर्शनार्थीका हातमा थाली । थालीमा ईश्वर पुज्ने सरसामग्री छन्– चन्दन, केशरी, धुप, फूलप्रसाद इत्यादि ।
सडक कालोपत्रे गर्ने काम अलपत्र
रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी–दोरम्बा–शैलुङ र सुनापति गाउँपालिका जोड्ने मुख्य सडकको कालोपत्रेको काम अलपत्र अवस्थामा छ । सदरमुकाम मन्थलीबाट तीन गाउँपालिका जोडिने
बोरामा पराल खाँदेर पर्यटकलाई ओछ्यान
काठमाडौँ उपत्यकाबाट ३० किलोमिटर दुरीमा रहेको धुलिखेल एउटा सांस्कृतिक पर्यटकीय सहरका रूपमा परिचित छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलको बजार क्षेत्रमा नेवार समुदायको बसोबास छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँ, माघ ५ गते । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति
काठमाडौँ, माघ ५ गते । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो । यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ । बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ ।
गलत दाबी गरेकोमा फिरादीलाई जरिबाना
सवारी तथा यातायातसम्बन्धी कसुर मुद्दामा अस्वाभाविक दाबी गरेको भन्दै जिल्ला अदालत काठमाडौँले वादी (मुद्दा दर्ता गर्ने) लाई जरिबाना गरेको छ ।
डा. थापाको तन्त्र र मन्त्र विज्ञान
धार्मिक अभियन्ता एवं पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ ।
आइटी उद्योगका लागि लगानी सहजीकरण गरिने
नेपाल चेम्बर अफ कमर्सले आइटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने बताएको छ ।
प्रमको पहलमा सुल्झियो विवाद
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिच २२ वर्षदेखि जारी सहकार्यले तत्काल निरन्तरता पाउने भएको छ । तर, यो सहकार्य कहिलेसम्मका लागि भने यकिन भएको छैन । २०५९ चैत १९ गतेको सम्झौता अनुसार सहकार्यमा रहेका यी दुई संस्थाबिच पछिल्लो चार वर्षदेखि विवाद बढेको थियो ।
‘पर्यटनका लागि पूर्वाधार विकास आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनुभएको छ ।
बागमती प्रदेशको बजेट खर्च न्यून
बागमती प्रदेश सरकार चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चमा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि गत असार १ गते ल्याएको बजेट अनुसार पहिलो छ महिनामा १६ प्रतिशत मात्र खर्च गरेको छ ।