बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ”, सभामुख पाठकले भन्नुभयो, “प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ ।
प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न,एकीकृत प्रणाली लागु गर्ने निर्णय
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा भएको प्रदेश समन्वय परिषद्को बैठक एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागु गर्नेलगायतका निर्णय गर्दै सम्पन्न भएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
वाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।
ओखलमा चिउरा कुट्दै महिला
काठमाडौँ, माघ ६ गते । काठमाडौँ टोखा नगरपालिका वडा नं २ र ३ ले प्रत्येक शनिबार टोखा बजारमा सञ्चालन गरेको टोखा सडक नेवाः खाजा महोत्सवमा ओखलमा चिउरा कुट्दै टोखाका स्थानीय महिला । तस्बिरः रासस
बारा पकाउँदै टोखाका स्थानीय
काठमाडौँ, माघ ६ गते । काठमाडौँको टोखा नगरपालिका वडा नं। २ र ३ स्थित शनिबार टोखा बजारमा सञ्चालन गरेको टोखा सडक नेवास् खाजा महोत्सवमा नेवारी परिकार बारा पकाउँदै टोखाका स्थानीय महिला । तस्बिरः रासस
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
विमानस्थल पुनः सञ्चालनको माग
सगरमाथाको प्रवेशद्वार एवं नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको पर्यटकीय स्थल जिरीमा लामो समयदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
इच्छाकामना मन्दिर
चितवन, माघ ६ गते । चितवनको इच्छाकामना–५ मा अवस्थित इच्छाकामना मन्दिर । तस्बिरः रासस
जैविक विषादीमा फर्किए किसान
रासायनिक मलको उच्च प्रयोग गर्ने यहाँका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
मासिँदै रैथाने मास
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२, भीमटारलाई केही वर्षअघिसम्म दलहन बाली मास उत्पादनको उर्वरभूमि मानिन्थ्यो ।
अवैध रूपमा वैदेशिक रोजगारीमा नजान अपिल
राम्रो काम र कमाइको प्रलोभनमा देखाएर अवैधानिक रूपमा विभिन्न मुलुकमा नेपाली नागरिकको ओसारपसार भएको पाइएको भन्दै ती मुलुकस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएका छन् ।
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन् ।
निजामती सेवा ऐन यसै पटक
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी सङ्घीय संसद् अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ ।
रेडक्रसमा विधान मिचेर भागबन्डा
मानवीय सेवामा समर्पित संस्था नेपाल रेडक्रस सोसाइटीले राजनीतिक भागबन्डाका लागि विधानविपरीत केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । मानवीय र सुशासनका क्षेत्रमा काम गर्ने रेडक्रसलाई अहिले आफ्नै विधानविपरीत गएको छ ।
खो खो विश्वकप : नेपाली टिम पुग्यो फाइनलमा
नेपालको खो खो खेलाडीले शनिबार नेपाली खेलकुदको इतिहासमा गौरवशाली अध्याय कोरेको छ । नेपालको पुरुष र महिला टिमले खो खो विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका हुन् ।
डिजिटल स्थानीय तह : सेवा प्रविधिमैत्री बन्दै
ललितपुर महानगरपालिकामा समय र पैसा खर्च गरेर नक्सापास गर्न महानगरपालिकासम्म आउन पर्दैन, घरबाटै नक्सापास गर्न सकिन्छ ।
भक्तपुरमा नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ गरिएको छ ।
‘सम्पादक समाज सम्मान’ घिमिरेलाई
सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ ।
‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’
सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ।
प्रमुख–उपप्रमुख र सदस्यको मतपत्र छुट्टाछुट्टै छाप्ने प्रस्ताव
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताउनुभएको छ।
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।
अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई महिला पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’
तोकिएका शर्तको पालना गर्दै कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आहारपुरक सौन्दर्यवर्द्धन संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।