मकवानपुर–काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन
सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ ।
कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबिच सहकार्यको प्रतिबद्धता
प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्नुभएको छ ।
महिला मृत अवस्थामा फेला
हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
‘धरान १० के रन‘ फागुनमा
धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ ।
राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिनुभएको छ ।
आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
लोप हुँदै मौलिक घर
ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ ।
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
युके, अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
स्वास्थ्य बिमा सुधार कार्ययोजना बनाउन आन्तरिक कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ ।
शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)ले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
पार्टी प्रवेश गर्नेलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
सुनचाँदीको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो ।
मोटरबोटमा रमाउँदै पर्यटक
चितवन, माघ ८ गते । चितवनको नारायणगढस्थित नारायणी नदीमा माेटरबाेटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
सगरमाथा संवादको घोषणा गरिँदै
सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो ।
उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन
मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सेतोपाटी पुनर्निर्माणमापुरातत्त्वको रोक
पुरातत्त्व विभागले बनेपा नगरपालिका–१०, पुलबजारमा रहेको सेतोपाटीको मौलिक स्वरूप बिगार्न नहुने भन्दै रोक लगाएको छ । बनेपा नगरपालिका १० नम्बर वडा कार्यालयले ऐतिहासिक सेतोपाटी