वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चार सयले घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।
पञ्चे बाजा संरक्षणमा जुट्दै महिला
पञ्चेबाजाको संरक्षण गर्न महिलाहरू जुट्न थालेका छन् ।
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने बिनौद पौडेल रहेका छन् ।
हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने मन्त्री पौडेलको निर्णय
रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ ।
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।
विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
जलवायु परिवर्तनको असर र पर्वतीय देशका एजेण्डा स्थापित गर्न ‘सगरमाथा संवाद’
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गर्नुभएको छ । जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो ।
भरुवा बन्दुकसहित पक्राउ
भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो ।
सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश
सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।
शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।
मकवानपुर गढीको २६२ औँ विजय उत्सव मनाइँदै
नेपालको सबैभन्दा ठुलो गढीमध्येको एक मकवानपुरमा रहेको ऐतिहासिक मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइने भएको छ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
‘कवाड व्यवसायीमाथिको धरपकड बन्द गरियोस्’
जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
सम्झनामा गायिका तारादेवी
गायिका तारादेवीका चर्चित गीतको प्रस्तुतिसहित उहाँको सम्झनामा राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
अनौपचारिक क्षेत्रको सहभागिता निराशाजनक
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने गरी देशका १०७ पालिका कोषको योजनामा आबद्ध भए पनि लक्ष्य अनुसार श्रमिक आबद्ध गराउन सकेको छैन ।
सिमेन्टको मूल्य घटाउन निर्देशन
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन दिएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख साठी हजार
स्थानीय बजारमा सुनको मूल्य बढेर तोलामा एक लाख ६० हजार रुपियाँ पुगेको छ ।
सहकारीका बचतकर्ताको गुहार
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन निवेदन दिएका छन् ।
कानुनसँग बाझिएका विषयमा प्रस्ताव ल्याउन सुझाव
सरकारले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ अन्तर्गत कानुनसँग बाझिएका विषयवस्तुमा थप गृहकार्य गरेर अर्को प्रस्ताव ल्याउनुपर्ने भएको छ ।