समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ, माघ ११ गते । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँकोको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६।१ डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन छ ।त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मरिण तटबन्धविरुद्ध जग्गाधनी आन्दोलित
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिणखोलामा तटबन्ध निर्माण सुरु भएसँगै जग्गाधनी आन्दोलित बनेका छन् । आयोजनाले पहिले खोलाको बहाव क्षेत्र
महाभारतको आगो निभाउन सेना परिचालन
जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा
उद्योगी व्यवसायीले भन्सार जाँचपाससम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।
हरियो सिमीमा अधिक विषादी
कालीमाटी तकारी बजारमा चितवनबाट आएको सिमीमा अधिक विषादी भेटिएको छ ।
‘पस्मिना नेपालको पहिचान’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको कार्यान्वयन योजना तयार पारेको छ ।
सङ्घ र प्रदेशले सहयोग नगरेको गुनासो
स्थानीय तहका जनप्रतिनिधिले सङ्घीय र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।
लाइसेन्स परीक्षाको नतिजा प्रकाशित
नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।
वातावरण प्रदूषण र सवारी दुर्घटनाको जोखिम : कार्यदलले काम गर्न सकेन
२० वर्ष पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाई पत्रु गर्ने व्यवस्था कार्यान्वयन गर्न कार्यदल निर्माण भए पनि काम हुन सकेको छैन ।
निजामती सेवा विधेयक : आठ महिनापछि दफावार छलफल
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति गरेको छ ।
भारतमा ‘पशुपति दर्शन अभियान’
नेपाल र भारतबिच प्राचीनकालदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई नवीन ऊर्जा र पुनर्जागृत गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले धार्मिक अभियान आरम्भ गरेको छ ।
असनमा आगलागी, लाखौंँको क्षति
काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
'पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र संरक्षण गर्नुपर्छ'
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने
सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो ।
सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक : मन्त्री चौरसिया
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पश्मिना उद्योग नेपालको पहिचान होः उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताउनुभएको हो ।
समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखक र एडिबी निर्देशकबिच भेटवार्ता
गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वाबिच बिहीबार भेटवार्ता भएको छ ।
महानगर यातायातले थप्यो ४० नयाँ बस
महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु गरेको हो ।
‘गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगतिका लागि अध्यादेश’
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ ।
व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै
आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।
तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् ।