फस्टाउँदै महीको बजार
पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ ।
‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी सुरु
सम्पत्ति शुद्धीकरण निवारणमा कमजोर प्रदर्शनपछि ‘गे्र लिस्ट’ मा परेको नेपालले त्यसबाट बाहिरिन तयारी सुरु गरेको छ ।
चार फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा
भ्रष्टाचारको कसुरमा विशेष अदालत काठमाडौँले गरेका चार वटा फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान पुनरावेदनका लागि आयोग सर्वोच्च पुगेको छ ।
छत्तिस लाखको आँखा परीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने सचेतना कार्यक्रममा जोड दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ ।
कार्यक्षेत्र मिच्दा द्वन्द्व
केही समयअघि बर्दियाको बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले उपप्रमुखलाई अभद्र व्यवहार गरेपछि नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच केही दिनसम्म आन्तरिक द्वन्द्व बढ्दै गयो । आपसी सहमतिमा उक्त विवाद तत्कालका लागि टरेको दाबी गरिएको छ ।
हत्या गरी फरार रहेका साधु पक्राउ
प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा ६२ वर्षीय लोकनाथ साह तेलीलाई पक्राउ गरेको छ ।
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
काठमाडौँमा सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शन
सहकारी, लघुवित्त, बैँक तथा मिटरब्याज पीडितहरूले मङ्गलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।
आँखा शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि
नेपाल आँखा अस्पतालमा चार वर्षमा अस्पतालमा सेवा लिएको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा अस्पतालका कार्यकारी अधिकृत धर्मराज गोसाइँले अस्पतालमा सेवा दिनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभएको हो ।
काठमाडौंका तीन स्थानमा प्रदर्शन : आवागमन सहज बनाउन सवारी साधन डाइभर्सन
आज काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका तीन स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।
राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दै
आजको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान समेत गरेको छ । राप्रपाले राजासहित राजनीतिक दलहरु सबै अट्ने नविन समझदारीको माग गर्दै आन्दोलन गर्दै आएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
सरकारले सहयोग नगरेको गुनासो
केन्द्रीय अस्पतालका रूपमा रहेर पनि भरतपुर अस्पताललाई सरकारले बजेट विनियोजन गर्दा विभेद भएको गुनासो सरोकारवालाले गरेका छन् ।
बिरामी पहिचान गर्न घरैमा परीक्षण
रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ ।
आज जनआन्दोलन दिवस मनाइँदै
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
चैत्र शुक्ल एकादशीः कामदा एकादशी व्रत गरिँदै
चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।
सेतो मच्छिन्द्रनाथको रथ लगन टोलमा लगियो
हरेक वर्ष चैत शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सोमबार तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट लगन टोलमा तानेर मनाइएको छ ।
क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग
क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
बोधिसत्व मोडेल माविको नतिजा शतप्रतिशत
स्थानीय सरकारले शैक्षिक सुधारमा नीति तथा कार्यक्रम बनाएर गुणास्तर वृद्धिमा लगानी गरेपछि सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा शतप्रतिशत आउन थालेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
चार प्रदेशमा वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।