तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
‘शिक्षा र स्वास्थ्य क्षेत्र फाइदा दिने ठाउँ होइन’
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले शिक्षा र स्वास्थ्य क्षेत्र फाइदा दिने ठाउँ नभएको बताउनुभएको छ ।
मकवानपुरका दस पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान
सङ्घीय सरकारमार्फत् मकवानपुर जिल्लाको दस पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् ।
स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा
अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् ।
इलाममा सबैभन्दा बढी वर्षा
बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ ।
समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ ।
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो ।
अर्थतन्त्र सुधारका प्रयास सकारात्मक : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताउनुभएको छ ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइने छः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।
बस दुर्घटनामा परेका कर्मचारी मृत फेला
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा बस दुर्घटनामा परी घाइते भएका हेटौँडा उपहानगरपालिका १८ हर्नामाडीका विमल ढुंगाना मृत अवस्थामा भेटिनुभएको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ ।
जडिबुटी कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यरत कैलालीका प्रमुख स्टोर सहायक तह– ५ (प्र) मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध विशेष अदालत काठमडाौंमा मुद्दा दायर भएको छत ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
नेपाल र भारत बिचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बिच काठमाडौंंमा वार्ता सुरु भएको छ ।
जनताले महसुस गर्ने गरी काम गरौं : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महशुस गर्ने गरी विकासका कामहरु गर्नुपर्ने बताउनुभएको छ ।
बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बस दुर्घटनामा एघार यात्रु घाइते
केदार तिमल्सिनाबनेपा, चैत २८ गते । बिपी राजमार्ग अन्तर्गत जिल्लाको रोसी गाउँपालिका– ९ दाउन्नेमा यात्रुवाहक बसले हायस गाडीलाई ठक्कर दिई बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । बिहीबार बिहान करिब ८ः२५ बजेको समयमा काठमाण्डौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुवाहक बसले खाँदवारिबाट काठमाडौँतर्फ आइरहेको मे १ ख ३३९४ नम्बरको हायस गाडीलाई ठक्कर दिई बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।प्रहरीले वर्षाका कारण बसको ब्रेक नलाग्दा बस चिप्लन गई हायस गाडीलाई ठक्कर दिई बस सडकबाट अन्दाजी २० मिटर तल खसेको जनाएको छ । दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ यात्रु घाइते भएको र उनीहरूलाई उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डेबेशी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते यात्रुमध्ये दुई यात्रुको अवस्था मध्यम र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेका छन् ।
मकवानपुरमा बस दुर्घटना: ३० जना घाइते
अनिल पराजुलीहेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।त्यस्तै बस दुर्घटनामा भिमफेदी गाउँपालिका कार्यपालिका सदस्य भिमफेदी–६ टारगाँउ बस्ने ४५ वर्षीय सुमित्रा लामा, भिमफेदी–६ बस्ने ५५ वर्षीय सानी आले, भिमफेदी–९ भदौरेका ३२ वर्षीय सुदिप पराजुली, भिमफेदी–२ चौकीडाँडाका २७ वर्षीय सुयास पाख्रिन, भिमफेदी–९ झिरघारीका २७ वर्षीय शुभाष रुम्बा, भिमफेदी–६ झिरघारीका ५२ वर्षीय हित चन्द्र मोक्तान, भिमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय काशीराम बज्यू, भिमफेदी–५ अकोटेका २५ वर्षीय अनिल स्याङबो घाइते हुनुभएको छ ।दुर्घटनामा हेटौँडा–१८ का २५ वर्षीय रुबिन घर्ती, भिमफेदी–३ का ५३ वर्षीय बुद्धिसिंह दोङ, भिमफेदी–८ का ३९ वर्षीय सिता थिङ, ३५ वर्षीय सूर्य माया घलान, भिमफदी–१ का ५० वर्षीय करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय बिमल ढुङ्गाना घाइते हुनुभएको हो । बस दुर्घटनामा भिमफदी–४ चिउरीबगैचाका ४० वर्षीय कृष्णहरी गाहा मगर, भिमफेदी–७ मान्डुका ३८ वर्षीय सुजन प्रजा, भिमफेदी–८ गँगटेका ४३ वर्षीय मान बहादुर लामा, भिमफेदी–१ सानुटारका ४२ वर्षीय राजेन्द्र कुमार स्याङतान, भिमफेदी गाँउपालिका कृषि प्राविधिक २९ वर्षीय सानु कान्छा घिसिङ, पशु प्राविधिक ३१ वर्षीय पुष्पलाल बज्यू, भिमफेदी–३ का ४८ वर्षीय अर्जुन तामाङ र सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ का ३२ वर्षीय सतिह दाहाल घाइते हुनुभएको हो । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरू भ्रमणमा गएर सिन्धुली हुँदै हेटौँडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको हात्तीसुँढे प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको हो । घाइतेहरूको हेटौँडा अस्पताल, मकवानपुर सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बकैया क्लिनिकमा उपचार भएको हो । थप उपचारका लागि भरतपुरको नयाँ र पुरानो मेडिकल कलेजमा घाइतेहरूलाई पठाइएको छ । घाइतेहरूको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । ३५ सिट रहेको बसमा ३१ जना सवार हुनुहुन्थ्यो ।
ल क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन आदेश
काठमाडौँ, चैत्र २८ गते । आवधिक रूपमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको मितिमा नभएकाले यथाशीघ्र निर्वाचन गराई पाउँ भनी नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका नेताहरूले दायर गरेको रिट निवेदन उपर सुनवाइ गर्दै उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अगाडि बढाउनु भन्दै अन्तरिम आदेश जारी गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्य तालिका रहेको भए तापनि नेपाल ल क्याम्पसमा विविध विवादका कारणले सङ्गठन दर्ता प्रक्रिया समेत सुरु हुन नसकेको अवस्थामा नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका विद्यार्थीहरूले यथाशीघ्र निर्वाचन सम्पन्न गराई पाउ भनी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए। नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका इकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेताहरू रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी, विधिशा मिश्र एवं आशिष् थापाले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गरेका थिए।अन्तरिम आदेश छलफलका लागि आज तोकिएको पेशीमा माननीय न्यायाधीश द्वय श्री श्यामकुमार भट्टराई र श्री कैलाश प्रसाद सुवेदीको संयुक्त इजलासले आवधिक निर्वाचन सुनिश्चित गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी अन्तरिम आदेश जारी गरेको हो। रिट निवेदक अ।रुपेश खनाल बताउँछन्, त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको हुन्छ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ बमोजिम निर्वाचन सम्पन्न गराउनुपर्ने कानुनी दायित्व क्याम्पसको रहेको थियो तर चैत ५ मा चुनाव हुन नसकेपछि थप १५ दिनभित्र मात्र चुनाव गराउन पाइने र चैत्र २० पछि चुनाव हुन नसक्ने भन्दै क्याम्पसले आफ्नो दायित्वबाट पन्छिन गरेको व्याख्यालाई आज अदालतले स्पष्ट गराउँदै चैत ५ पछिको १५ दिन निर्वाचन गराउन सकिने अन्तिम दिन नभई त्यसपछि पनि निर्वाचन हुन सक्ने सुनिश्चित गरेको छ।ू यससँगै विविध कारणले नेपाल ल क्याम्पसमा रोकिएको चुनावी प्रक्रिया सुरु गराउन बाटो खुलेको छ स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको निर्वाचन सुनिश्चित बनेको छ।स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका सचिव अधिवक्ता मनोज सिंहले आवधिक निर्वाचन लोकतन्त्रको स्तम्भ हो। स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको रहने हुँदा चैत्र ४ गते यसको कार्यकाल सकिएको र चैत्र ५ गते निर्वाचन हुनुपर्ने थियो। तर नेपाल ल क्याम्पसमा आवधिक निर्वाचन हुन नदिन विभिन्न पक्षहरूबाट प्रयास भएकाले अन्तिम विकल्पको रूपमा दायर गरेको यो ऋट निवेदनमा आएको अन्तरिम आदेशले सिंगो विद्यार्थी राजनीतिका लागि सकारात्मक सन्देश बोकेको छ भन्ने अभिव्यक्ति दिए ।
छ लेन सडकले चिटिक्क भरतपुर
चार वर्ष लगाएर भरतपुरमा छ लेनको छ किलोमिटर सडक निर्माण पूरा भएको छ । विसं २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको