काठमाडौँ, चैत २८ गते । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यरत कैलालीका प्रमुख स्टोर सहायक तह– ५ (प्र) मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध विशेष अदालत काठमाडाैँमा मुद्दा दायर भएको छ ।
माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीको हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले रावलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध छानबिन अघि बढाएको बताउनुभयो ।
अनुसन्धनका क्रममा उनले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकाले रावलविरुद्ध मुद्दा दायर गरिएको जानकारी प्रवक्ता पौडेलले दिनुभयो ।