भूकम्प प्रतिरोधी संरचना बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताउनुभएको छ ।
बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको रू. २० करोड राजस्व उठ्न बाँकी
भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै रू. २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबिच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ ।
सुत्केरीको स्वास्थ्य परीक्षणसँगै पोषण सामग्री वितरण
दोलखाको भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठ सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सुत्केरीका घर घरमा पुग्न लाग्नुभएको छ । सुत्केरी भएको थाहा
तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
काठमाडौँ, माघ १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ । आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उहाँले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताउनुभयो ।गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा आरोहीलाई सम्मान गरिएको हो ।
स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने
भक्तपुर, माघ १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताउनुभएको छ ।आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उहाँले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उहाँको कथन थियो ।
बागमतीमा चालु खर्च बिस प्रतिशतले कटौती
बागमती प्रदेश सरकारलले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमा चालुतर्फको खर्च कटौती गरेको छ ।
साढे दुई हजार फर्ममा कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा दुई हजार ५२२ मा कुनै न कुनै कैफियत पाइएको छ ।
पुरानै कानुनमा अल्झिँदा भएन विकास
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठुलो फड्को मारिसक्दा पनि हामी पुरानै कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको बताउनुभएको छ ।
घट्दै गएको छ कुष्ठरोग
नेपालमा नयाँ कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा घोषणा गरिएको थियो । तर पछिल्ला वर्षहरूमा नयाँ कुष्ठरोगीका बिरामीको सङ्ख्या घटिरहेको छ ।
खप्तड र रारामा पर्यटक प्रहरी खटाइने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोतसाधनसम्पन्न बनाउँदै थप दुई स्थानमा पर्यटक प्रहरी एकाइ स्थापना गर्न लागिएको बताउनुभएको छ ।
संसद् अधिवेशनबारे दलीय परामर्शमा सभामुख
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख देवराज घिमिरेले दलीय परामर्श गर्नुभएको छ ।
कांग्रेसको निर्णय सरकार २०८४ सम्मै
नेपाली कांग्रेसले पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ ।
शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक : सञ्चार मन्त्री गुरुङ्ग
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनु भएको छ ।
तेस्रो लिङ्गीसहित पाँचजना साधकलाई नइ पुरस्कार
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
राष्ट्रिय बुद्धिचाल : राजन र ईशाको विजयी सुरुवात
झापाका राजन सुवेदी र बाँकेकी ईशा गिरीले २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ ।
डिप बोरिङबाट डेढ सय घरधुरीलाई खानेपानी
वर्षौंदेखि खानेपानीको चरम समस्या भोगिरहेका बलेफी गाउँपालिका-५ काभ्रे, गैरीगाउँ, गुर्दुमका १५० घरधुरीलाई डिप बोरिङ निर्माण गरेर खानेपानीको व्यवस्था गरिने भएको छ ।
सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रेस सेन्टर मकवानपुरमा नयाँ नेतृत्व चयन
प्रेस सेन्टर नेपाल, मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले यमप्रसाद शर्मा पौडेल (एमपी) को नेतृत्वमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो ।
पर्यटकीय स्थल दहचोक डाँडा
काठमाडौँ, माघ १३ गते । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीय स्थल दहचोक डाँडा । मौसम खुलेको बेला यहाँबाट काठमाडौँ उपत्यकालगायतका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ। तस्बिरः रासस
सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ ।