प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
इन्द्रसरोवरमा नौका विहार
नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर तालमा यो मौसममा जल विहार गर्नेको घुइँचो देख्न सकिन्छ । काठमाडौंबाट करिब ३२ किलोमिटरमै पुग्न सकिने भएरकाले पनि इन्द्रसरोवर ताल पहिलो गन्तव्यको रुपमा लिने गरेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी
सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक स्वास्थ्य चौकी निर्माण भएको हो ।
डढेलो प्रभावित क्षेत्र, मेलामा भक्तजनको आँखामा समस्या
दुई सातादेखि वायुप्रदूषणले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्मै तुवाँलो लागेर मौसम खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन सबै स्थानमा डढेलोले वन सखाप बनाएको छ ।
नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा हुने, तयारी तिब्र
आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको छ । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।
आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाडा र नाइमाबिच समन्वय र सहकार्य गर्ने समझदारी
सवारीसाधनका व्यवसायीहरूका संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै दर्ता भएको सोही क्षेत्रको संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्राक्चर्स एसोसिएसन (नाइमा) बिच अटोमोबाइलका क्षेत्रमा आपसी समन्वय र सहकार्य गर्ने समझदारी भएको छ ।
नेपालको खाद्य परीक्षण भारतमा मान्य
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तरकारी, फलफूल तथा खाद्यवस्तुमा गरिने आफ्नो परीक्षणलाई भारतले मान्यता दिने निर्णय गरेको जनाएको छ ।
स्वास्थ्य बिमामा रकम अभाव
सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपियाँ पुगेको छ ।
सात समूहलाई आरोहण अनुमति
यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
भुटानी बन्दीमाथि भएको दुर्व्यवहारको विरोध
भुटानका राजनीतिक बन्दीलाई गरिएको दुव्र्यवहारको अन्तर्राष्ट्रिय क्षेत्रमा चर्को विरोध भएको छ ।
सार्वजनिक सवारीमा जिपिएस अनिवार्य गरिने
सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ ।
विद्यार्थी नभएका विद्यालय नगाभ्न सुझाव
विद्यार्थी कम भएका विद्यालयको तह घटाएर भए पनि बचाइराख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको एक कार्यदलले सरकारलाई सुझाएको छ ।
बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने
असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।
वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ।
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो ।
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव
देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ ।
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।