• २६ चैत २०८१, मङ्गलबार

बोधिसत्व मोडेल माविको नतिजा शतप्रतिशत

blog

हेलम्बु गाउँपालिकाको बोधिसत्व माध्यमिक विद्यालय । तस्बिर चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, चैत २६ गते ।
स्थानीय सरकारले शैक्षिक सुधारमा नीति तथा कार्यक्रम बनाएर गुणास्तर वृद्धिमा लगानी गरेपछि सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा शतप्रतिशत आउन थालेको छ ।

यसैको उदाहरण स्वरुप हेलम्बु गाउँपालिकास्थित बोधिसत्व मोडेल माध्यमिक विद्यालयले आधारभूत शिक्षा उत्तीर्ण परीक्षा(८)को नतिजा शतप्रतिशत निकाल्न सफल भएको छ । २०८१ सालको आधारभूत शिक्षाको अन्तिम नतिजामा सहभागी विद्यार्थीहरु सर्वोत्कृष्ट अङ्कसहित शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।

कक्षा ८ को गणित विषयको परीक्षामा सहभागी दुई सय ४३ जना विद्यार्थीले ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएका छन् । गणित विषयमा ७१ जना विद्यार्थीले ए प्लस, ८२ जना विद्यार्थीले ए र ३५ जना छात्रछात्राले वि प्लस अङ्क ल्याई शततिशत नतिजा ल्याउन सफल भएको उक्त विद्यालयले जनाएको छ ।

शिक्षामा निरन्तर लगानी, अनुभवी र दक्ष शिक्षक, अभिभावकको सक्रियता लगायतका कारण पालिकाभरका अधिकांश विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको सो गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।