मतगणनास्थल बाहिर झडप, तीन गम्भीर घाइते
जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीनजना घाइते हुनुभएको छ ।
दैलेखमा काँग्रेस तीन, एमाले दुई र माओवादी एक वडामा विजयी
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडामध्ये छ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीन वडामा विजयी हुँदै पहिलो, नेकपा (एमाले) दुई वडामा विजयी हुँदै दोस्रो र एक वडामा विजयी हुँदै नेकपा (माओवादी केन्द्र)ले तेस्रो भएको छ ।
पर्वतमा मतगणना सुरु
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना सुरु भएको छ ।
डोल्पाको ठूलिभेरीमा काँग्रेसका रोकाया वडा अध्यक्षमा निर्वाचित
डोल्पाको ठूलिभेरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्रबहादुर रोकाया विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रोकायाले १०७ मत ल्याएर विजयी हुनुभएको हो ।
कांग्रेस गाउँपालिका अध्यक्ष उम्मेदवारकै वडामा माओवादी प्यानल विजयी
कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी हुनु भएको छ । रानाले ६०८ मत प्राप्त गर्नुभएको छ भने भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गर्नुभएको हो ।
सुर्खेतमा भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित
सुर्खेमा एक्कासीिआएको भिषण हावाहुरीसहितको वर्षाका कारण मतदान प्रभावित भएको छ । सुर्खेतको पश्चिम क्षेत्रबाट प्रवेश गरेको हावाहुरीसहितको मौसमका कारण मतदान प्रभावित भएको हो ।
मुख्यमन्त्री शाहीद्वारा मान्धारा माविको भकुण्डामा मतदान
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले स्थानीय तह निर्वाचनका लागि मतदान गर्नुभएको छ । उहाँले खार्पुनाथ गाउँपालिका–५ को मानधारा मावि भकुण्डाको मतदान केन्द्रमा मतदान कार्य गर्नुभएको हो ।
झडपमा घाइते कर्मचारीको हेलिकप्टरबाट उद्धार
जिल्लाको चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा घाइते हुनुभएका कर्मचारी काला रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
चार वटा मतदान केन्द्रमा मतदान कार्य सुुरु भएन
हुुम्ला, वैशाख ३० गते । शुक्रवार बिहान सात बजेबाट सुुरु हुनुपर्ने मतदान कार्य सुुरु हुन सकेको छैन । बिहानैबाट वर्षा भएको कारण ती मतदान केन्द्रमा मतदान कार्य सुुरु नभएको हो । मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्लाका ५४ मध्य चार वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान कार्य सुुरु हुन नसकेको बताउनुुभयो । उहाँले यसरी मतदान कार्य सुुरु हुन नसक्नुुको कारण बिहानैबाट वर्षा भएको कारण मतदाता नआउनुु रहेको बताउनुुभयो । अहिलेसम्म मतदान कार्य सुुरु नभएका मतदान केन्द्रमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुआवि मतदान केन्द्र रहेका छन् भने चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र रहेका छन् भने नाम्खा गाउँपालिका– ४ को महाबाैद्ध मावि मतदान केन्द्रमा भने मतदाताकै सल्लाह अनुुसार खाना खाएर मतदान कार्य सुुरु हुने भएको छ । ५० वटा मतदान केन्द्रमा भने बिहान सात वजेबाट सुुरु भएर मतदान कार्य भइरहेको छ । मतदान कार्य सुुरु भएका मतदान केन्द्रमा बिहानबाटै मतदानका लागि मतदाताको उत्साहजनक उपस्थिती रहेको पाईएको छ । केही मतदान केन्द्रमा बिहान सात बजेटबाट मतदान सुुरु भए पनि २५ भन्दा बढी मतदान केन्द्रमा भने सात बजेपछि मतदान सुुरु भएको हो ।