सीमान्तकृत वर्गलाई सचेतना
जाजरकोटका लोपोन्मुख तथा सीमान्तकृत वर्गलाई अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्न स्थानमा रहेका सीमान्तकृत वर्गका लागि क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको छ। सीमान्तकृत वर्गका माझी, गन्धर्व, बादी, मुक्त हलिया समुदायका सर्वसाधारणले राज्यले दिने सेवा सुविधा पाउन नसकेकाले मूलधारमा ल्याउन सचेतना अभिवृद्धि तथा अभिमुखीकरण गरिएको जनाइएको छ।
आयआर्जनका लागि बाख्रा सहयोग
जिल्लाको छायानाथ रारा नगरपालिका–३, फुली गाउँका विपन्न घरधुरीका महिलाको आयआर्जनमा सहयोग गर्न बाख्रा उपलब्ध गराइएको छ । जिल्लामा कार्यरत एक गैरसरकारी संस्था र सरकारी संस्थाको संयुक्त पहलमा अनुदान कायक्रम अन्तर्गत बाख्रापालनमा सहयोग गरेको हो । फुली गाउँका ३० घरधुरीका समाज सुधार महिला समूहमा आबद्ध महिलालाई बाख्रापालनमार्फत आत्मनिर्भर गराउने उद्देश्यले प्रतिघरधुरीलाई दुई वटा उन्नत बाख्रा १० वटा उन्नत बोका हस्तान्तरण गरिएको सहयोगी संस्था सहयोगी हातहरूको समूह (सहास नेपाल) ले जानकारी दिएको छ ।
बिरामी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
सुत्केरी बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उहाँको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा
त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको छ । साक्षर नेपाल अभियान अन्तर्गत जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको हो ।
शिक्षक अभावमा चुनौती मोलेर दुर्गमको पठनपाठन
कालिकोटको महाबै गाउँपालिका –६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक हुनुहुन्छ । तीमध्ये एकजना मात्र दरबन्दीको स्थायी शिक्षक हुनुहुन्छ । १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजीस्रोतका तीन जना र बालविकास केन्द्रका एक जना छन् ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्ययोजना तयार
कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार पारेको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा काम गर्ने विभिन्न साझेदार निकायको सहयोगमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यो कार्ययोजना तयार गरेको हो । सो कार्ययोजना शुक्रबार सार्वजनिक गरिएको छ ।
प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव पेश
कर्णाली प्रदेश सभामा विनियोजन विधेयक अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयकोे शीर्षकको खर्च रकम घटाई खर्च कटौतीको प्रस्ताव पेश गरिएको छ ।
विद्यालयमा बालमैत्री खानेपानी धारा
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिहंले समुदाय मिलेर आठ दिनमा खानेपानी पाईपलाईन खन्ने र धारा निर्माण गरेर पानी खसाल्न सफल भएको बताउनुभयो ।
झरीमा गरिएको कालोपत्रे उप्काउन निर्देशन
नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मुख्य बजार लाइनमा गरिएको कालोपत्रे उप्काउन निर्देशन दिएको छ। रुकुमपश्चिम नगरपालिका–२ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न निर्देशन दिइएको हो। चौरजहारी नयाँ सहर आयोजना कार्यालय अन्तर्गत क्याराभान कन्स्ट्रक्सनले कालोपत्रे गर्ने ठेक्का पाएको थियो। पानी परेको र सडकमा भल बगिरहेको बेला कालोपत्रे गरिएपछि आयोजनाले पुनः कालोपत्रे गर्न निर्देशन दिइएको हो। कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन गरेको थियो। आयोजना प्रमुख सुशील आचार्यका अनुसार पानी परिरहेको र सडकमा समेत पानी जम्मा भइरहेको बेला कालोपत्रे हाल्ने काम भएको पाइएकाले तत्काल सो काम सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ। पानीका बिचमा गरिएको कालोपत्रे निकाल्ने र बिग्रेको काम सुधार गर्न ठेकेदार कम्पनी सहमत भएको छ।
एक सातादेखि डोल्पामा हवाई उडान ठप्प
प्रतिकुल मौसमका कारण झन्डै एक सातादेखि डोल्पा– नेपालगन्ज हवाई सेवा नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सरकारी तथा व्यक्तिगत कामले नेपालगन्ज झर्न जुफल विमानस्थलमा पुगेका यात्रुहरू जुफलका होटलहरुमा अलपत्र परेका हुन ।
चार स्वास्थ्यचौकी पोषणमैत्री घोषित
चार वटा स्वास्थ्य चौकीहरु पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन् । घोषणा हुन आवश्यक सुचक स्वास्थ्यचौकीले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले चार वटा स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।
भेरीगङ्गाका किसानलाई अनुदानमा घाँस काट्ने मेशिन
भेरीगङ्गा नगरपालिकाका पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेशिन (घाँस, पराल काट्ने मेशिन) वितरण गरिएको छ । भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले किसानहरुलाई च्यापकटर मेशिन वितरण गर्नुभएको हो ।
गुडिरहेको बसमा करेन्ट लाग्दा तीनजनाको मृत्यु
सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुदा करेन्ट प्रवाह भएको थियो ।
बढ्दै छ जातीय विभेद
जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलाका मुकुन्द नेपालीको घरमा असार १७ गते आगजनी भयो। मुकुन्दले गाउँकै गिरी थरकी युवती भगाएपछि आक्रोशित केटी पक्षले घरमा आगो लगाइदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीका दाइ हिक्मत गिरीले घरमा आगो लगाइदिएका हुन्। प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जातीय विभेदको यो पछिल्लो दृष्टान्त हो। कर्णाली प्रदेशमा यस्ता विभेदका अनेक घटना भएका छन्।
कर्णाली प्रदेशमा असारको सत्र दिनमै दुई अर्ब ५४ करोड खर्च
कर्णाली प्रदेश सरकारले असार महिनामा मात्र दुई अर्ब ५४ करोड बढी बजेट खर्च गरेको छ । असार सुरु देखि १७ गते सम्ममा मात्र कर्णालीले दुई अर्ब ५४ करोड ३६ लाख ५९ हजार आठ सय ३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।
कर्णालीमा सौर्य विद्युत् परियोजना
विद्युत् सुविधामा पछाडि पर्दै आएको कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई दिगो बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले करिब तीन मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना निर्माण गर्ने भएको छ । हुम्ला, डोल्पा र मुगुमा विद्युतीकरणका एसियाली विकास बैङ्कको सासेक परियोजनामार्फत अनुदानमा बन्ने सौर्य प्रणाली निर्माणका लागि बुधबार प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
राया खोलाबाट विद्युत उत्पादन सुरु
खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । निर्माण भएको चार वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेर वितरण गरेको हो ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन गम्भीर घाइते
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान जिल्लाको बागचौर नगरपालिका–२ थारमारे बजारबाट वडा न १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बाढीले काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अवरुद्ध
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा बाढीले गाडी गुड्ने काठेपुल बगाएको छ । लगातारको वर्षासँगै आएको ढुङ्गासहितको बाढीले सो पुल बगाएको हो ।
मन्त्रालयगत बजेटमाथि छलफल
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका बजेट शीर्षकमाथि मङ्गलबार छलफल भएको छ। प्रदेश सभा सदस्यले छलफलमा भाग लिँदै प्रभावकारी बजेट कार्यान्वयनका लागि १७ गते भएको सर्वदलीय बैठकका निर्णय तथा सहमति कार्यान्वयनमा जोड दिएका छन्। सरकारले प्रदेशमा सडकको निर्माण, स्तरोन्नति, पर्यटनलगायत विकासमा जोड दिएका छन्।
हुम्लामा पन्चानब्बे प्रतिशत रोपाइँ
हिमाली जिल्ला हुम्लामा हालसम्म ९५ प्रतिशत मार्सी धानको रोपाइँ सम्पन्न भएको छ । समयमा पानी पर्नु र अधिकांश खेतका लागि सिँचाइ कुलोको व्यवस्था भएका कारण समयमै रोपाइँ पूरा भएको हो । कृषि विकास कार्यालयले उपलब्ध गराएको विवरण अनुसार असार १८ सम्म जिल्लाको कुल धान खेतीमध्ये ९५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।
लिमी फर्कियो प्रहरी
नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको सुनखानीमा रहेको चौकीमा प्रहरी पुगेका छन् । हिमपात हुँदा गत कात्तिक तेस्रो हप्ता सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा फिर्ता आएका प्रहरी दुई नाका खुलेपछि पुनः लिमीको प्रहरी चौकीमा फर्किएका हुन् ।
आलुको मूल्य घट्दा किसान मर्कामा
हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।
जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सा