समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ
समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि
गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउदै बस्न बाध्य छन् ।
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।
प्रधानाध्यापक नियुक्ति नगर्न अदालतको आदेश
कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले आदेश गरेको छ । गाउँपालिकाले परीक्षा लिएर विद्यालयका प्र अ नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दर्ता गरेपछि अदालतले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
चुनौतीसँग लडिरहेको प्रहरी : रिक्त दरबन्दी, अभाव जनशक्ति
कर्णालीमा अहिले पाँच हजार २९७ जना प्रहरी कार्यरत छन् । जबकी प्रदेशभर छ हजार २७९ जनाको दरबन्दी रहेको छ । ९८२ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा प्रहरीको कार्यसम्पादन अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले जनशक्ति कम हुँदा नयाँ रणनीति बनाएर काम गर्दै आएको बताउनुहुन्छ । सामान्यतः एक जना प्रहरीले ३७७ जनालाई सेवा दिनुपर्ने हुन्छ । यस प्रदेशमा एक जना प्रहरीले पाँच सय जनालाई हेर्नु परेको ढकालले जानकारी दिनुभयो । यद्यपि न्यून जनशक्तिलाई परिचालन गरेर प्रदेश प्रहरीले उत्कृष्ट काम भर्न सफल भएको दाबी ढकालको छ ।
तातोपानीमा नुहाउने बढे
यस जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानी कुण्ड मुहानमा नुहाउनेको सङ्ख्या बढ्दै गएको छ । बाथ तथा दमका रोग भएकाले तातोपानीमा नुहाए सन्चो हुने विश्वास गरिएको छ । चिसोको समयमा तातोपानीमा नुहाउने मानिसको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँकी वीरकला बुढाले एक हप्तासम्मका लागि तातोपानी नुहाउन आएको बताउनुभयो ।
मनाइयो अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ¥यालीसहित बजार परिक्रमा र अन्तरक्रिया गरी दिवस मनाइएको छ ।
ओझेलमा ऋणीमोच्छ तीर्थस्थल
मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको ऋणीमोच्छ तीर्थस्थल ओझेलमा परेको छ । छायाँनाथ रारा नगरपालिका –१२ मा रहेको ऋणीमोच्छ तीर्थस्थलमा आवश्यक संरचना तथा प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।
रारामा चार महिनामा चार हजार पर्यटक
कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
मजदुरीका लागि भारत जानेको लर्को
घरको काम सकेर यतिबेला कालीकोटका विभिन्न ठाउँवाट नागरिकहरु भारततर्फ जान थालेका छन् ।
दशौँ राष्ट्रिय खेलकुदको समन्वय बैठक सम्पन्न
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघीय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहनुभयो ।
बेरुजु फर्स्योटमा समितिले बढायो सक्रियता
कर्णाली प्रदेश सरकार मातहत कार्यालयको बेरुजु चार अर्ब ३४ करोड ३४ लाख रुपियाँ रहेको छ । बेरुजुको यो रकममध्ये करिब दुई अर्ब फर्स्योट गर्ने लक्ष्यसाथ सार्वजनिक लेखा समितिले सक्रियता बढाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुलाई फर्स्योट गर्न समितिले नियमित बैठक राखिरहेको छ । समितिका सभापति जितबहादुर मल्लका अनुसार समितिले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्मको बेरुजुलाई अध्ययन गरी आवश्यक निर्देशनात्मक कार्यहरू गरिरहेको छ । सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकारमध्ये समितिको निर्वाचन भएयता बेरुजु रकम घटाउन त्यसउपर नियमित छलफल गरिएको बताइन्छ ।
जुम्लामा जाडोले जनजीवन प्रभावित
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो ।
सामुदायिक सिकाइ केन्द्रले सहज बनाएको कृषिकर्म
रेडियोमा कृषि कार्यक्रम सुनेपछि तरकारी खेती सुरु गर्नुभएको जिसीले २०७१ सालदेखि कृषकको परिचय बनाउनुभएको छ ।
बाढी पहिरोपीडित किसानले क्षतिपूर्ति पाउने
गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको ब्यवस्था गरेको छ ।
कोटिलामा बेलिब्रिज निर्माण
छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्नमा बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ।
बजेट अभावमा सडक स्तरोन्नति ठप्प
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासाँगुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्र्याक खोलिए पनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।
भूकम्पले भत्काएका मन अझ सङ्लिएन
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, पूर्णगाउँकी ९२ वर्षीय भीमा मल्लका लागि यो समय सबैभन्दा कष्टकर बनेको छ । भूकम्पले ४६ वर्षीय माइली छोरी गुमाएकी मल्लको दिनरात त्रिपालमा बितिरहेको छ । वर्षाले जाडो बढाएको छ । त्रिपालभित्र आगो बाल्दा आगलागीको डर छ । त्रिपालको बासले स्वास्थ्य अवस्था झन् बिगिँरदै गएको छ । भीमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।”
आवास बनाउन रकम निकासा
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न रकम निकासा गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपियाँ निकासा भएको छ । सङ्घीय सरकारमार्फत पालिकाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न एक करोड ३० लाख रुपियाँ निकासा भएको जनाइएको छ ।
दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै : मन्त्री लिम्बु
दशौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताउनु भएको छ ।
महिलाको अधिकार स्थापित गर्न लगानी बढाउनुपर्छ : मन्त्री जिसी
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने बताउनुभएको छ ।
हिमपातले लिमी आउजाउ बन्द
लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेपछि लिमी आउजाउ बन्द भएको हो ।
स-मिलमा आगलागी हुँदा लाखौँको क्षति
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । बिहीबार बिहान ५ः३० बजेनै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कर्णालीमा दक्ष जनशक्ति तयार पारिँदै
कर्णाली प्रदेशका चार जिल्लामा बृहत् अपाङ्गता स्वास्थ्य समस्या देखिएका नागरिकको सहज उपचारका लागि दक्ष जनशक्ति तयार पार्न लागिएको छ । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रममार्फत कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य सेवा कार्यालयको सहजीकरणमा सो जनशक्ति तयार पार्न लागेको हो ।