शाहीद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग
जाजरकोट भूकम्पपीडितका लागि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गर्नुभएको छ । भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माणका लागि उहाँले सो सहयोग गर्नुभएको हो ।
दैलेखमा धान उत्पादन घट्यो
दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिकटन मात्र धान उत्पादन भएको हो ।
किसानलाई प्लाष्टिकको पाल र तरकारीकाे बीउ सहयोग
बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो ।
टेलिकमको ‘नमुना सेवा’ सुरु
जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।
'सुर्खेत आइडल' हुने
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रम 'सुर्खेत आइडल' आयोजना हुने भएको छ ।
डोल्पामा ट्याक्टरले किचेर चालकको मृत्यु
डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।
पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
शिव लिङ्ग निर्माण हुने
खार्पुनाथ गाउँपालिका– ५ को खार्पु दोभानमा रहेको शिवालय क्षेत्रमा सोह्र फिट अग्लो शिवलिङ्ग निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको सहयोगमा शिवलिङ्ग निर्माण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले महाभारत कालीन समयसँग जोडिएको धार्मिक महत्वको शिवालय क्षेत्रमा अग्लो शिवलिङ्ग निर्माण गर्न लागिएको बताउनुभयो । निर्माण कार्य सुरु भएको जनाउँदै यसबाट शिवालय क्षेत्रको महत्व झनैबढ्ने उहाँले बताउनुभयो ।
कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
टहरो बन्यो, छानो छैन
जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।
कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ।
बजेट व्यवस्था नहुँदा खार्पुनाथ शिवालय क्षेत्र निर्माणमा समस्या
पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ। सम्झौता अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म बजेटको व्यवस्थापन नगर्दा सुरु भएको निर्माण कार्य अगाडि बढ्न कठिन भएको हो।
मेला हेर्न गएका युवकको कुटपिटबाट मृत्यु
जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको मृत्यु भएको हो ।
बज्न छाडे वन पाखामा बाँसुरीका धुन
गाउँ र बनपाखामा बज्ने बाँसुरीको धुन पछिल्लो समय बज्न छाडेका छन् । बजाउने युवाहरू नभएपछि बनपाखामा सुनिने बाँसुरीको धुन दुर्लभ हुन थालेको छ ।
टहरा बनाउँदै पार्टी कार्यकर्ता
भूकम्पबाट भत्किएका घर पन्छाउन र अस्थायी टहरा बनाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । भूकम्प प्रभावित जनतालाई चिसोबाट बचाउन उनीहरूले अस्थायी टहरा निर्माणको कामलाई तीव्रता दिएका छन् । भूकम्पका कारण भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाका विभिन्न गाउँबस्तीका घर भत्किएर भग्नावशेष भएपछि राहतको भरमा कष्टकर जीवन बिताएका उनीहरूलाई अस्थायी टहरा निर्माण गरी न्यानो दिलाउन पार्टीका नेता कार्यकर्ता गाउँबस्तीमा खटिएका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेता प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले नलगाड नगरपालिका–५
सबै स्थानीय तह निमित्तकै भरमा
कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिले सम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गदै आएका छन् ।
भूकम्पपीडितलाई कपडा सहयोग
अदानचुली गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई गाउँपालिकाले लत्ताकपडा हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको जानकारी दिनुभयो । तिनमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने ‘पिफम’ रहेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा बढ्दै स्वास्थ्य समस्या
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको छ । आठबिसकोट नगरपालिका–१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । शिविरमा सहभागी डा. मणीन्द्र कँडेलका अनुसार आठबिसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाद्वारा आयोजित स्वास्थ्य शिविरमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिस जस्ता स्वास्थ्य समस्या पाइएको थियो ।
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
युवा सङ्घको टोली वडा–वडामा निर्माणको काम गर्दै
नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको टोली रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा परिचालन भएको छ ।
सहयोग प्याकेज तत्काल उपलब्ध गराउन नेता पौडेलको आग्रह
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि जाजरकोट पुग्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितलाई तत्काल पहिलो चरणको राहत प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
वडा अध्यक्षद्वारा भूकम्पपीडितलाई एक लाख सहयोग
भूकम्पपीडितका लागि वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । चौरजहारी नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद जैसीले भूकम्पपीडितका लागि भन्दै व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको हो ।
समुदायस्तरमा कानुनी परामर्श
कर्णाली प्रदेशका दुई जिल्लाका तीन वटा पालिकामा कानुनी सहायता सम्बन्धी ६ हजार जनालाई स्थानीय तहमा कानुनी परामर्श सेवा दिइएको छ । दैलेखका दुई र कालिकोटका एक स्थानीय तहमा कानुनी परामर्श दिइएको हो ।