अग्निपीडित मुक्त कमैयाको घर प्रदेश सरकारले बनादिने
अविनाश चौधरीधनगढी, वैशाख १९ गते । अग्निपीडित कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरवासी मुक्त कमैयाको घर सुदूरपश्चिम प्रदेश सरकारले बनाउने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्निपीडित मुक्त कमैयाको घर बनाउने भएको हो । गएको आइतबार गहुँको नालमा लागेको आगो सल्केर मुक्त कमैयाको घर जलेको थियो ।आगलागी भएको विपतपुर बस्तीको अनुगमन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी पीडित मुक्त कमैयाका घर प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर अग्निपीडित मुक्त कमैयाको घर निर्माण गरिने बताउनुभएको छ । प्रदेश सरकारले विपन्न समुदाय र वर्गका परिवारका लागि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दैआएको छ । आगलागीबाट पूर्ण क्षति भएका घरपरिवारलाई प्रदेश सरकारले तत्काल प्रतिपरिवारलाई ५० हजार रुपियाँ राहत दिने प्रतिबद्धता जनाएको छ । यसैगरी, निःशुल्क रुपमा धानको बीउ र तत्काललाई घर बनाउन निःशुल्क काठ पनि उपलब्ध गराइने भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले बताउनुभयो । सो बस्तीका मुक्त कमैयाले लालपुर्जा नपाएकाले प्रदेश सरकारले लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो । ‘सरकारले यसै ठाउँको लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्नेछ’, उहाँले भन्नुभयो । वैशाख ११ गते दिउँसो विपतपुर मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । आगलागीबाट पूर्ण, आंशिक गरी ७१ घरमा क्षति भएको छ । सो गाउँका भलमन्सा हिङ्गु चौधरीका अनुसार आगलागीबाट २७ घर पूर्ण रुपमा जलेर खरानी भएको छ । १२ घर आंशिक रुपमा जलेका र आगलागीबाट जोगाउन डोजरले संरचना हटाउँदा ३२ घरमा आंशिक क्षति भएको छ । पूर्ण र आंशिक रुपमा घर जलेका मुक्त कमैयाको खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना, कृषि उपकरण जलेर नष्ट भएको छ । यस्तै, केही परिवारका पशु चौपाया पनि मरेका छन् ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् ।
दार्चुलामा सञ्चार र विद्युत सेवा अवरुद्ध
दार्चुलामा शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध बनेको छ । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन
अपिनाम्पा संरक्षण क्षेत्र तीन वर्षदेखि परिषद्विहीन छ । २०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन ।परिषद् गठनका लागि धेरै पटक राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।
अग्निपीडितले पाएनन् राहत
पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’ उनीहरू आगो निभाउन खेतति
विचल्लीमा अग्नी पीडित मुक्त कमैया (फोटो फिचर)
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैया विचल्लीमा परेका छन् । आगलागीमा पूर्णरुपमा घर जलेर नष्ट भएपछि मुक्त कमैया विचल्ली परेका हुन् ।
उत्सवकै रूपमा मनोनयन दर्ता
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा मनोनयनको दोस्रो दिन सोमबार उत्सव मनाएझैँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेलगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले बाजुराले लगायो उम्मेदवार टुङ्गो
नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहका लागि प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाअध्यक्ष पदको टुङ्गो लगाएको हो ।
चुडीमा बल्यो बिजुली
डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ । लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेकोे हो । चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।