समाजवादीका निवर्तमान अध्यक्षलाई हराउँदै नवदुर्गामा कांग्रेस विजयी
गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको नवदुर्गा गाउँपालिकामा अहिले भने नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी हुनुभएको हो ।
बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।
घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका चौधरी विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ ।चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो । महिला सदस्यमा एमालेकै कमलादेवी सिंह आठसय ९४ मत ल्याएर विजयी हुनुभएको छ । दलित महिला सदस्यमा काँग्रेसका सिता सुनार ११ सय ४० मत सहित विजयी हुनुभयो । खुला सदस्यद्वय काँग्रेसका भिम भण्डारा ९६१ र एमालेका रामसुन्दर चौधरी ९८० मत ल्याई विजयी हुनुभयो । २०७४ सालको स्थानीय काँग्रेसबाट विजयी हुनुभएका हरीराज विष्ट पुनः अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ५०० मत प्राप्त गर्नुभयो ।
महाकालीमा एमालेका उम्मेदवार विजयी
लोकेन्द्र जोशीदार्चुला, जेठ १ गते । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् । नगर प्रमुखमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपप्रमुखमा दुर्गा बिष्टले चार हजार ६२६ मतसहित विजयी हुनुभएको हो ।चैसीरसँग पराजित हुनुभएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टसँग पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । पराजित भट्टसँग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो । अहिले चैसीरसँग भट्ट पराजित हुनुभयो । काँग्रेसको गढका रुपमा चिनिएको महाकाली नगरपालिकामा विजय हासिल हुनुलाई एमालेले उपलब्धिको रुपमा हेरेको छ । महाकाली नगरपालिका–१ मा एमालेका मोहनसिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकरसिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा काँग्रेसका पदमसिंह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।वडा नम्बर ५ मा एमालेका दिलेन्द्रप्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेसका प्रेमबहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभानसिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवानसिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यस्तै, वडा नम्बर ९ मा काँग्रेसका गजेन्द्रसिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा ६ वडामा एमाले र तीन वडामा काँग्रेसले विजय प्राप्त गरेको छ ।
कैलालीको थप दुई वडामा काङ्ग्रेसको जित
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको थप दुई वडामा नेपाली काङ्ग्रेसले वडा अध्यक्ष जितेको छ । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा सो पार्टीका सन्तोष मुडभरी पुनः निर्वाचित हुनुभएको छ । यस्तै, कैलारी गाउँपालिका–२ को वडा अध्यक्षमा प्यानलसहित विकास चौधरी निर्वाचित हुनुभएको छ । कैलालीमा नेपाली काङ्ग्रेसले अहिलेसम्म ६ वडा अध्यक्ष जितेको छ । नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले दुई दुई सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जित्नु भएको छ । सत्तागठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।
कैलालीको तीन पालिकामा चार वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली) जेठ १ गते । कैलालीको घोडाघोडी, बर्दगोरिया र भजनी नगरपालिका तथा गाउँपालिकामा आईतबार दिउँसोसम्म फरक फरक राजनीतिक दलका चार जना वडा अध्यक्ष विजयी भएका छन् ।कैलालीको घोडाघोडी नगरपालिकामा वडा १, २ , र १२ को मतगणना शनिवार विहानबाट शुरु भए तापनि आईतबार दिउँसो वडा नम्बर १२ को मतगणना सकिएसँगै नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामदुलारे चौधरीको प्यानल विजयी भएको छ । उहाँले नेकपा एमालेका खडकबहादुर चौधरी (उमार)लाई ४७५ मतको अन्तरले पछि पार्दै विजय हुनुभएको हो । विजयी चौधरीले आठसय २६ मत प्राप्त गर्नुभएको छ ।सहायक निर्वाचन अधिकृत उमेशराज रेग्मीले घोडाघोडीको १२ वटा वडामा जम्मा खसेको मत ३३ हजार ६४९ रहेको जानकारी दिनुभयो । आईतबार साँझसम्म सात हजार मत गणना भएको जनाउदै उहाँले वडा नम्बर २ र १ को मतपरिणाम सोमबार दिउँसोसम्म आउन सक्ने बताउनुभयो । घोडाघोडी नपाको प्रमुखमा नेकपा समाजवादीले अग्रता लिएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।त्यसैगरी बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ६ मा समेत वडाअध्यक्ष दुई फरक पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा एमालेका उम्मेदवार मिथुन गौतमले ७९५ मत प्राप्त गर्दै अध्यक्षपदमा विजयी हुनुभएको छ । त्यसैगरी आईतवार दिउँसो सम्मको मतपरिणाममा बर्दगोरिया गाउँपालिकाको वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका रामकृष्ण डँगौरा थारु (रञ्जित) विजयी हुनुभएको छ । बर्दगोरिया गाउँपालिकामा आईतबार साँझसम्म प्रमुखमा एमालेले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ ।कैलालीको दक्षिण क्षेत्रमा रहेको भजनी नगरपालिकामा समेत वडाअध्यक्षको मतपरिणाम आउनु शुरु भएको छ । आईतवार दिउँसोसम्म वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सन्जिव चौधरीले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा जम्मा दुई हजार ९२८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । गौरिगंगा नगरपालिकामा आईतबार साँझसम्म वडा नम्बर १ र २ को तीनहजार मतगणना भएको छ । प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको अग्रता रहेको बताउदै निर्वाचन अधिकृत निराजन पाण्डेले वडाको अन्तिम परिणाम आइनसकेको बताउनुभयो ।
मुगुमा मिश्रित चुनावी परिणाम
हरिकृष्ण ऐडीमुगु , जेठ १ गते । नेकपा एमाले ३ स्थानमा वडfध्यक्षसहितको प्यानल विजयी भएकाे छ । नेपाली काँग्रेसले हालसम्म २ स्थानमा वडाध्यक्षसहितको प्यानलले विजय हासिल गदै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा वडाfध्यक्ष विजयी हुँदै तेस्रोमा छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेको छैन । नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकाको वाडनम्वर २ मा प्रयोगलाल चौलागाईको प्यानल , १३ मा वीर बहादुर खड्काको प्यानल , मुगमकार्मारोङ गाउँ पालिकाको वडा नम्बर ९ मा रतन बहादुर बुढाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट छायाँनाथ रारा नगरपालिका १ मा पिआर मल्लको प्यानल विजयी हुनुभएको छ । खत्याड गाउँ पालिकामा नेकपा नेकपा माओवादी र नेपाली काँग्रेस को गठबन्धनबाट वडा नम्बर १मा वडा अध्यक्ष सिंहबहादुर बुढा र वडा नम्बर ११ मा रामकृष्ण कार्की विजयी हुनुभएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँ पालिकामा वैशाख ३० गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म निर्वाचन सम्पन्न भए खतापनि मतगणना भने आज आइतवार बिहान ९ बजे बाट मतगणना सुरु भएको छ । भनि साहायक निर्वाचन सोरु गाउँ पालिकाका निर्वाचन अधिकृत निर्वाचन कार्यालयका विमल आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार मतगणना ढिलो हुनुका कारण स्थानीय कार्यकर्ताबीच झगडा हुँदा समयमै मतगणना हुन नसकेको आचार्यले भन्नुभयो ।
जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी विजयी हुनु भएको छ । यसैगरी, घोडाघोडी नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रामदुलारे चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ८२६ मत प्राप्त गरेर उहाँ विजयी हुनु भएको हो । महिला सदस्यमा सुनिता चौधरी, दलित महिला सदस्यमा मातादेवी दमाई, सदस्यमा गोपुलदास डङ्गौरा र रामनाथ चौधरी विजयी हुनु भएको छ । यस्तै, टीकापुर नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका ऋषि विक विजयी हुनु भएको छ । सो वडामा वडा सदस्यमा दुई जना नेपाली काङ्ग्रेस र दुई जना माओवादीबाट विजयी हुनु भएको छ ।
वडाध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता
अविनाश चौधरीधनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो । यसैगरी, गोदावरी नगरपालिका –१२ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका भीम खड्का विजयी हुनुभएको छ । ८७९ मत प्राप्त गरेर उहाँ प्यानलसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर पुनले ६७५ मत प्राप्त गर्नुभयो ।