हल्का वर्षापछि चर्को गर्मीबाट राहत
सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा हल्का वर्षा भएपछि चर्को गर्मीबाट केही राहत मिलेको छ । सोमबार अपराह्न र मङ्गलबार बिहान हल्का वर्षा भएको छ । आकाशमा कालो बादल मडारिँदा तापक्रम केही घटेको छ । यहाँको कैलाली र कन्चनपुर जिल्लामा पानी नपर्दा अन्नपात तथा तरकारी बाली सुकेको छ । अघिल्लो दिन पहाडी क्षेत्रमा हल्का वर्षा भएकोमा मङ्गलबार बिहान धनगढीसहितका केही क्षेत्रमा सिमसिमे वर्षा भएको हो ।
पालिका पूर्ण खोप घोषित बालबालिका कुपोषित
बैतडी जिल्ला हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आए पनि खोप पाएका बालबालिकाले पोसिलो खाना नपाउँदा कुपोषित बालबालिकाको समस्या बढ्दै गएको छ। २०७२ सालमै बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसके पनि हाल पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ।
मन्त्री सिंहको निधनको शोकमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।
बझाङ दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
बझाङ दुर्घटनामा मन्त्री सिंहका पत्नी र भाउजूको मृत्यु
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
घाइते मन्त्रीलाई उपचारका लागि नेपालगञ्ज पठाइयो
बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना
बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।
कृषि एम्बुलेन्स सञ्चालनमा
बाजुराको बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बाजुरामा यसअघि यातायातको सुविधा नहुँदा अधिकांश कृषकले उत्पादन गरेको तरकारी उनीहरूकै बारीमै सड्ने गर्थ्यो ।
बाढीपहिरो प्रभावितलाई राहत सामाग्री वितरण
जिल्लाको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
दुई बालक तीन महिनादेखि बेपत्ता
कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमा नौ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन्। फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
सिकलसेल स्क्रिनिङ अभियान
कैलालीको कैलारी र जानकी गाउँपालिकामा सिकलसेल र थालासेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। थारू समुदायमा देखा परेको सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सो अभियान सञ्चालन गरेको हो।
दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।
सीमा समस्या संवादबाट समाधान गरिनुपर्छ : मन्त्री सिंह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले भारतीय पक्षबाट उत्पन्न समस्या संवादको माध्यामबाट गर्नुपर्ने बताउनुभएको छ ।
मल पक्राउ गर्नेक्रममा किसान र प्रहरीबीच विवाद
भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो ।
घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति
वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ। डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो।
बनेन विपत् प्रतिकार्य योजना
हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। यस वर्षको मनसुनका बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ।
खडेरीसँगै बाढीको चिन्ता
भित्री मधेशको चुरे क्षेत्रमा वर्षा नभएको दुई महिना भयो। चैत महिनाको तेस्रो सातापछि हालसम्म वर्षा भएको छैन। वर्षा नहुँदा चुरेका खोलानाला सबै सुक्न थालेका छन्। चुरे क्षेत्रमा बसोवास भएका आलिताल गाउँपालिका–६ र ७ नम्बर वडाका दर्जन बढी गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। खोलानालासमेत सुक्दा रोपाइँ गर्ने समयमा खेत बाँझै छन्। सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।
ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु
पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माउनुभएको छ ।
एन्टिवायोटिकको जथाभावी प्रयोग रोक्न आग्रह
एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग बढिरहेका बेला सञ्चार माध्यमलाई त्यसको अनावश्यक रोकमा सहयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
दिगो विकासका लागि तीनै तहका सरकार जिम्मेवार बन्नु पर्छ
सैँतिस वर्षीय सुशीला शाही कैलाली जिल्लाका पालिकाहरूमा कार्यकारी जिम्मेवारीमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख हुनुहुन्छ। नेपाली कांगे्रसको तर्फबाट निर्वाचित उहाँ नगरपालिका सङ्घकी सदस्य तथा महिला विभाग प्रमुख पनि हुनुहुन्छ। प्रस्तुत छ, नगरपालिकाका विभिन्न विषयमा केन्द्रित रहेर लम्कीचुहा नगरपालिकाका प्रमुख शाहीसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी।
बाँझो जग्गा स्याहार्ने शिक्षकको कमाइ चार लाख
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो।
बयालपाटा अस्पतालको बजेट रोकिएको छैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ।
महिला र किशोरीमा पोषणको कमी
शनिबार धनगढीमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धी (सिड) समितिमा महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रित सातौँ आवधिक छाया प्रतिवेदन तयार सम्बन्धमा प्रदेश स्तरीय कार्यशालामा बोल्दै प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष थापाले लक्षित पक्षका हितका लागि सरकारबाट काम गराउन घिच्च्याउने बताउनुभयो ।