भौतिक पूर्वाधार तथा विकास निर्माणमा फड्को मार्दै
सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्ला जोडेर बनेको प्रदेश हो। मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै प्रदेश सरकारको शासन शैली, व्यवस्था, कामकारबाही, सुशासनलगायत विविध विषयमा हल्का रूपमा अनेकौँ टीकाटिप्पणी हुने गरेका छन्। प्रादेशिक संरचना तथा प्रदेश सरकारको औचित्य र महत्वमाथि प्रश्न उठाउने गरिए पनि सुदूरपश्चिम प्रदेश सरकारले भने प्रदेश सरकार तथा जनताका लागि ऐन कानुन निर्माणदेखि भौतिक पूर्वाधार र विकास निर्माणका गतिविधिमा विस्तारै फड्को मार्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई कानुनी राज्य तथा विधिविधानबाट पूर्ण बनाउन सरकारले दर्जनौँ
स्थानीय सरकारले बनाएन विपत् प्रतिकार्य योजना
बैतडी जिल्ला बाढीपहिरोको उच्च जोखिममा भए पनि स्थानीय सरकारले विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग मनसुनजन्य विपत् प्रतिकार्य योजना माग गर्दासमेत स्थानीय तहले प्रतिकार्य योजना बुझाएका छैनन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष बैतडीसहित नेपालका २१ वटा जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको घोषणा गरेको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा एक लाख ४७ हजार ६० जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।
माग सम्बोधन गराउन अपाङ्गता भएकाहरू आन्दोलित
सुदूरपश्चिम प्रदेश सरकारले आफूहरूको माग सम्बोधनमा गम्भीर नबनेको भन्दै अपाङ्गता भएकाहरू आन्दोलित भएका छन् ।
राष्ट्रको साझा मुद्दामा सरकार कमजोर : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
पालिकाको आन्तरिक आम्दानी बढाउन जोड
कैलालीस्थित कैलारी गाउँपालिकाका गाउँ सभा सदस्यहरूले पालिकाको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
छात्रा बेहोस हुन थालेपछि ग्रहशान्ति
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। शिक्षा र चेतनाको सन्देश फैलाउने विद्यालयले नै छात्रालाई मनोविज्ञान तथा स्वास्थ्य शिक्षासम्बन्धी ज्ञान दिनुपर्नेमा उल्टै पूजा लगाई सामाजिक अन्धविश्वासलाई नै प्रश्रय दिएको स्पष्ट हुन्छ।
स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य जाँच
टीकापुर नगरपालिका –१ शक्तिनगर मुक्त कमैया शिविरमा भएको स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जना महिला र १३७ जना पुरुषले सेवा लिएका हुन् ।
‘भ्रष्टाचारका विषयमा जस्तोसुकै परीक्षा दिन तयार छौं’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले रामायणमा सीताले परीक्षा दिएजस्तै भ्रष्टाचारविरुद्धमा एमालेले जस्तोसुकै परीक्षा दिन तयार रहेको बताउनुभएको छ ।
बार्जुगाडको पुल निर्माण अलपत्र
बेलामाडौं डेल्टा सडक खण्ड अन्तर्गतको बार्जुगाड खोलामा निर्माण हुन थालेको ४५ मिटर लम्बाई पुल आठ वर्ष हुँदा पनि निर्माण सम्पन्न भएको छैन ।
एकल महिलालाई बाख्रा वितरण
बाजुराको त्रिवेणी नगरपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ ।
आठ जना नयाँ रोगी फेला परेपछि कुष्ठरोग विरुद्धको औषधि खुवाइँदै
दशक अगाडि नै निवारण भइसकेको कुष्ठरोगको आठ जना नयाँ बिरामी फेला परेपछि कैलालीको एक पालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ ।
धनगढी बजारको मुख्य सडक स्तरोन्नति गरिँदै
कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा सो सडक स्तरोन्नति गर्न लागिएको हो। यो सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रमा परेको संरचना गत मङ्सिरबाट भत्काउन थालिएको हो। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्म सडक स्तरोन्नतिका लागि कुल ४२८ घर भत्काइएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। घर भत्काउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गरेको छ। २.३ किलोमिटरसम्म सडक फराकिलो बनाउनका लागि गत वैशाख २७ गते केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले ठेक्का पाएको हो। सडक निर्माणको समयावधि दुई वर्षको छ।
कुलो भत्किएपछि खेत बाँझिने चिन्ता
कैलालीमा सयौँ बिघा जमिन सिँचाइ हुने कुलो (नहर) बाढीले भत्काएको एक वर्ष बित्दा पनि पुनर्निर्माणका लागि कसैले चासो दिएका छैनन्। घोडाघोडी नगरपालिका–१, घोडाघोडीस्थित कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो गत वर्षको बाढीले भत्काएको हो।
एकल महिलाको जीवनको सहारा सुक्खा फलफूल खेती
सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् । सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताउनुभयो । दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आउनुभएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु¥याएको बताउनुभयो ।
धनगढीको मुख्य सडकको शिलान्यास
कैलालीस्थित धनगढीको मुख्य बजारमा बन्ने सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्मको सडक स्तरोन्नतिको शिलान्यास गरिएको हो ।
कारागारबाट भारु नोट र मोबाइल बरामद
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुमगन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गर्दा एक भारतीय कैदीको साथबाट एक लाख चार हजार भारु बरामद गरिएको छ ।
गेटा विश्वविद्यालय बनाउने काममा माफियाको चलखेल
नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सरकारमा बसेकाहरूमा दृढ इच्छाशक्ति नहुँदा गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कार्यमा अवरोध भएको बताउनुभएको छ । प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले एमालेकै अगुवाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सर्वदलीय बैठक बसेर सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिएको स्मरण गराउनुभयो । सरकारको नीति तथा कार्यव्रmममा समावेश विश्वविद्यालय बनाउने निर्णय बजेटमा भने नराखिएकोप्रति उहाँले गुनासो गर्नुभयो ।
आकाशे पानीको भरमा कृषकको रोपाइँ सुरु (फोटो फिचर)
आकाशे पानीको भरमा रोपाइँ गर्दैआएका कैलालीका किसानले रोपाइँ सुरु गरेका छन् । वर्षा सुरु भएपछि कृषकहरुले धमाधम रोपाइँ थालेका हुन् । आइतबार र सोमबार विहान किसानलाई रोपाइँ गर्न पुग्नेगरी वर्षा भएपछि कृषकहरु खेतमा व्यस्त भएका छन् ।
सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ ।
खोलाले बगाउँदा महिलाको मृत्यु
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया सङ्गीता साउद रहनुभएको छ ।
मालवाहक मिनिट्रक रडुवाखोलामा खस्यो
डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालवाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो ।
पथरैया र काँढा नदीको दोभानमा घडियालले कोरल्यो बच्चा
कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन ।
कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा जोड
बझाङ जिल्लाका १२ वटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएका छन् । हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनैपर्ने कानुनी प्रावधान छ । यहाँका अधिकांश पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिएका छन् । प्रायःजसो पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी संरचना निर्माणमा जोड दिएका छन् । यस जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण, समपूरक अनुदानबाट प्राप्त योजना र कृषि क्षेत्रमा बढी जोड दिएको गाउँपालिका अध्यक्ष दिनबहादुर थापाले बताउनुभयो ।
सिङ्गो समाज लागुऔषधविरुद्ध उभिनु पर्छ : मन्त्री साउद
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न सिङ्गो समाज उभिनुपर्ने बताउनुभएको छ ।