‘पार्टी नेतृत्वविरुद्ध भइरहेको भ्रम चिर्न लाग्नुपर्छ’
नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले नेकपा (एमाले) र सरकार सही बाटोमा गइरहे पनि विरुद्धमा अनेक भ्रम भइरहेकाले त्यसलाई चिर्न पार्टी पङ्ति लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
वडा केन्द्रित अभियान प्रभावकारी बनाउन एमालेको निर्देशन
नेकपा (एमाले) को सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले वडा केन्द्रित अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
निकुञ्ज क्षेत्रबाहिर एक हजार ८६३ जलपन्छी
कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो ।
‘प्रकृतिको कुचिकार गिद्ध संरक्षण गर्नुपर्छ’
प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नुपर्ने विषयमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वबाट गिद्ध तीव्र गतिमा लोप हुने क्रममा रहेकाले नेपालमा पाइने गिद्ध संरक्षणमा सरोकारवालाले जोड दिएका हुन् ।
घोडाघोडी मन्दिरमा भक्तजनको भीड
कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ ।
द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर
माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुग्नुभएको छ । २०५९ सालमा बेपत्ता हुनुभएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किनुभएको हो ।
सङ्कट व्यवस्थापनमा सबै निकाय प्रतिबद्ध
लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापन गर्न यहाँका स्थानीय सरकार, प्रशासन, सरकारी निकाय एवं गैरसरकारी सङ्घसंस्थाहरू प्रतिबद्ध भएका छन् ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित हुनुभएको छ । डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित हुनुभएको हो ।
जेष्ठ नागरिकलाई घरमै नागरिकता
जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ पिठेतोला कि ९६ वर्षीया एक महिलाले घरमै नागरिकता पाउनुभएको छ ।
जडीबुटीकै भरमा बिरामी
बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ ।
रातो पहिरो
कैलाली, फागुन १३ गते । कैलालीको चुरे गाउँपालिका–६ गजारस्थित प्राकृतिक महत्त्व बोकेको पर्यटकीय क्षेत्र रातो पहिरो । पर्यटकीय गन्तव्यका रूपमा परिचित रातो पहिरो हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिरः रासस
ढकारीगाउँ
अछाम, फागुन १३ गते । अछामको ढकारी गाउँपालिका १ ढकारीमा चिटिक्क परेका घर र पृष्ठभूमिमा थुम्कोको मनमोहक दृश्य । तस्बिरः रासस
गाडीको ठक्करबाट बालकको मृत्यु
अविनाश चौधरीधनगढी, फागुन १३ गते । कैलालीमा गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–५ का छ वर्षीय जेनिश विष्टको ज्यान गएको हो । बालकलाई लम्कीस्थित लालरत्न अस्पताल अगाडि सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको यात्रुवाहक गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते बालकको लालरत्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । उनलाई हिजो भ्यानले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो । गाडीसहित चालक अछामको मङ्गलसेन नगरपालिका–४ का २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थप गरिएको समितिको कार्यक्षेत्र तोकियो
सुदूरपश्चिम प्रदेश सभामा थप गरिएको विशेषाधिकार समितिले न्यायिक, कानुनी र मानव अधिकारको क्षेत्रमा काम गर्ने भएको छ ।
धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ ।
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ ।
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
टीकापुर, फागुन १३ गते । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ ।सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको छ । “दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । सहकारीले प्रतिटोपी मूल्य रु एक हजार, पेन होल्डर रु तीन सयमा बिक्री गर्ने गरेको छ ।”सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन । सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएकोे छैन । “उत्पादित सामग्री र रेशा काठमाडौँबाट धेरै माग भइरहेको छ । काठमाडौँका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन्”, चौधरीले भन्नुभयो, “हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।”सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन् । उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ । यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ । केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन् । “सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ”, वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, “धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ ।”टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउनुहुन्छ । “टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ”, उहाँले भन्नुभयो, “खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ ।”सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताउनुभयो । “यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो ।”
हराउँदै थारू लोककला
घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ ।
पत्रकारलाई आएको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण
कैलालीका पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।
कैलालीमा साढे दुई हजार जलपन्छी अभिलेख
कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा जलपन्छी अभिलेख गरिएको हो ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण
बाजुराका दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । रितादेवी जन एकता फाउन्डेसनको समन्वयमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
छयानब्बे वर्षमा नागरिकता
बझाङ, फागुन १२ गते । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामीप्य छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै मकहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग बिहे भएको थियो । बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखीझ्यालबाट हेरिरहन्छु । त्यो पनि पूरै घुमेको छैन ।”
रक्तश्राव नरोकिएपछि सुत्केरीको हवाइ उद्धार
अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक जनालाई हेलिकप्टर मार्र्फत सुत्केरीको उद्धार गरिएको छ । कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रंगीदेवी भण्डारीलाई हेलिकप्टरबाट सुर्खे प्रादेशिक अस्पताल लिइएको हो ।
थारू लोककला जोगाउन कार्यशाला
ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा कैलालीको फकलपुरमा थारू लोककला कार्यशाला गरिएको हो। थारू समुदायको मौलिक पहिचान झल्काउने लोककला पछिल्लो समय हराउँदै गएको छ।