अध्यादेश प्रतिस्थापन विधेयक सदनमा टेबुल
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गर्नुभयो । सो क्रममा उहाँले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताउनुभयो ।
भीमदत्त राजमार्ग अवरुद्ध
बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।
‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबिबिएस पढ्न पाउने ?’
पाँच अर्ब बढी लगानीको भौतिक संरचना बनिसक्दासम्म कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा नआएपछि यसबारे सुदूरपश्चिम प्रदेश सभामा कुरा उठेको छ।
जलवायु परिवर्तनका असर कम गर्न कानुन निर्माणमा एकरूपता आवश्यक
जलवायु परिवर्तनका असर कम गर्नाका लागि कानुन निर्माणमा एकरुपता आवश्यक भएकोमा यहाँ जोड दिइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।
गाडी चल्न बनाएको सडकमा हिँड्नै सकस
बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिड्नै सकस हुने गरेको छ ।
प्रसारण लाइनमुनि बस्ती दैनिक जोखिम बढ्दै
यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो । घटना सेलाउन नपाउँदै भदौ २१ गते सुर्नया–८, बाच्पानीका १२ वर्षीय वसन्त बोहोराको बाख्रा चराउन वनमा गएका बेला भुइँनजिकै लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । विद्युत् वितरण केन्द्रले छ लाख रुपियाँ क्षतिपूर्ति दिने सहमतिपछि परिवार र आफन्तले बालकको शव उठाए ।
नदी कटान रोक्न बाँस र घाँस
कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र डाले घाँस रोप्ने अभियानको थालनी गरिएको हो ।
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ ।
सुस्तायो मादलको व्यापार
सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका–३, बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
जुम्लाका उत्पादन, कैलालीमा व्यापार
कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
स्याउ खेतीमा आकर्षण
दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिनुभयो । गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकामा यस वर्ष १८८ हेक्टर जमिनमा दुई हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।
न्यून बजेटले काममा ढिलाइ
कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ । बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो । हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।
आत्महत्याका घटनामा देउतालाई दोष
यस वर्ष जिल्लाका विभिन्न स्थानमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार आवश्यक परे पनि रूढिवादी परम्पराले देउताको दोष हो भन्दै मानसिक रोग निको पार्न देउतालाई भाकल गर्ने, बोका काट्ने, मन्दिरमा घन्ट चढाउने कुप्रचलन अझै हट्न सकेको छैन । गएको पाँच वर्षमा बैतडीका १६४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार यहाँ हरेक एक महिनामा दुई जनाले आत्महत्या गरेको पाइएको छ ।
सीमावर्ती बजारबाट नेपाली मजदुर पक्राउ : रिहाइको पहल गर्न सरकारसँग माग
भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ।
एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला मात्रै हो : भीम रावल
पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले पूर्व उपाध्यक्ष डा. भीम रावलले आफू समाजवादी पार्टीमा जाने कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।
ग्रामीण सडकको मर्मत सुरु
बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ ।
तुइनको त्रास कायमै
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
कोदालो प्रहार गरी दाइको हत्या गर्ने भाइ पक्राउ
कोदालोले प्रहार गरेर आफ्नो सहोदर दाइको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रदेश सरकारको बजेट भदौ मसान्ततिर मात्रै
चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले अझैसम्म बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट निर्माणमा मन्त्रालयहरूबाट भएको ढिलाइका कारण बजेट सार्वजनिक गर्न ढिलाइ भइरहेको बताइएको छ । सरकारले छिट्टै बजेट सार्वजनिक गर्ने भन्दै भदौ ७ बाट तयारी थालेको थियो । त्यस क्रममा विभिन्न मितिमा बजेट सार्वजनिक गर्ने बताइए पनि अहिलेसम्म प्रदेशको नयाँ बजेट सदनमा प्रस्तुत हुन सकेको छैन ।
महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो
सुदूरपश्चिम प्रदेशको विकासमा कोसेढुङ्गा मानिएको महाकाली कोरिडोरको ७८ प्रतिशत ट्र्याक खुलेको छ । कोरिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोर चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको सडक हो । कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सडक सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निर्माण गर्दै छ भने दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माणको जिम्मा पाएको छ । नेपाली सेनाले जिम्मा पाएको ७९ किलोमिटर कडा चट्टानमध्ये १३ किलोमिटर निर्माण गरिसकेको छ भने सडक विभागले जिम्मा पाएको ३३४ मध्ये २६१ किलोमिटर गरी २७३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।
घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा कार्यक्रम
घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बिमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।
‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठुला दलबिच गठबन्धन भएको बताउनुभएको छ ।