पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।”
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
नगरप्रमुखको तलब–भत्ता सहायता कोषमा
समाजसेवीका रूपमा परिचित तनहुँ शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितले तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध समाजसेवी पण्डितले विभिन्न सङ्घ संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । स्वच्छ छवि, मिलनसार र प्रस्ट वक्ताका रूपमा परिचित नगरप्रमुख पण्डितले धेरैजसो जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप लागिरहेको बेला आफूले भने तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो ।
सम्मानपछि ज्येष्ठ नागरिक हर्षित
अर्जुनचौपारी गाउँपालिका–१ का ९२ वर्षीय छबीलाल अर्यालले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
पोखरा महानगरको मतगणना रोकियो
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीय निर्वाचन पूर्व पार्टी परित्याग गर्नुभएका नेताहरु पराजित
गोपी ज्ञवाली नवलपरासी, जेठ १० गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा आफनो पार्टीले टिकट नदिएका कारण अन्य पार्टीमा गएर वा स्वतन्त्र बनेर निर्वाचनमा भाग लिएका नवलपरासीका प्रायः सबै नेताहरु स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रतापपुर गाउँपालिकाका उपप्रमुख अञ्जुकुमारी चौधरी, पाल्हीनन्दन गाउँपालिकाका उपप्रमुख पार्वती कोहार, सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरीलगायत विभिन्न्न तहका एक दर्जन नेताहरुले नयाँ पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँहरु यसअघि नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।चौधरीले पार्टी परित्याग गरी हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबाट प्रतापपुर गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारी दिनुभए पनि पराजित हुनुभयो ।यस्तै, कोहारले परित्याग गरी माओवादीमा प्रवेश गरी पुनः उपाध्यक्षको पदमा उठे पनि यो पटक असफल हुनुभयो । यस्तै, सरावल गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका राधेश्याम चौधरीले काँग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए पनि विजयी हुन सक्नुभएन । उहाँ विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएपछि पार्टी एकताका क्रममा नेपाली काँग्रेस प्रवेश गर्नुभएको थियो । सुनवल नगरपालिकाको उपप्रमुखको टिकटको लागि नेकपा (एमाले) परित्याग गर्नुभएका लेखनाथ खरेलले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिन्हबाट चुनावमा उठे पनि पराजित हुनुभयो ।
नागरिककाे बीमा र अभिभावकविहीन २० जनालाई आवाससहित शिक्षा दिने
तिलाचन पाण्डेतम्घास, जेठ १० गते । दोस्रो कार्यकालका लागि निर्वाचित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाका नागरिकहरुको घरको बीमा गरिदिने घोषणा गर्नुभएको छ । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै उहाँले नागरिकहरुको घरको बीमाको पचास प्रतिशत रकम अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।पछिल्लो समयमा प्राकृतिक बिपत्तिबाट घरमा हुने गरेको क्षतिहरुलाई राहत स्वरुप उपलब्ध गराउन अनिवार्य रुपमा घरको बीमा गर्ने र बीमाको पचास प्रतिशत रकम गाउँपालिकाले अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको हो । गाउँपालिकाले विद्युतीय चुल्होेमा पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । यस्तै, दलित परिवारका १० जना विद्यार्थीलाई एसईई पछिको तीन वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने जनाएको छ ।पालिकाभित्र विभिन्न कारणले अभिभावक गुमाएका २० जना विद्यार्थीलाई कक्षा १२ सम्म आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।नागरिकलाई आत्मनिर्भर बनाउन व्यवसायिक रुपमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिइएको छ ।
बगरफाँटमा खानेपानीको समस्या
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो ।
पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।