कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्राथमिकतामा
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको एघारौँ नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
रैथाले बीउ जोगाउन ‘बीज बैंक’ योजना
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमूना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो ।
निर्वाचन खर्च बुझाउन आनाकानी
स्थानीय निर्वाचनका अधिकांश उम्मेदवारले निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारीअनुसार एक महिनाको समयसीमाभित्र जम्मा ९९० जनाले मात्र विवरण बुझाएका छन् ।
पञ्चशीलको सिद्धान्तमा अडिग छौँ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मित्रराष्ट्रबीच सुसम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित ‘पत्रकारिता सम्मान वितरण’ कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग र आत्मसात् गर्दै आएको स्पष्ट पार्नुभयो । अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्दै अघि बढ्ने हो, मन्त्री कार्कीले भन्नुभयो, “सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरिसकेको छ ।”
दुध बेचेरै दैनिक ७५ हजार रुपियाँ आम्दानी
रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ ।
बेहुलाले साइकलमै चढाएर भित्राए बेहुली
अमरराज नहर्की तनहुँ, असार ७ गते । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राउनु भएको छ भन्दा । सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राउनु भएको छ । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र प्रेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताउनुभयो । ‘भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला सापकोटाले भन्नुभयो । बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुग्नु भएको थियो । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए । सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो । ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भन्नुभयो । बेहुला सापकोटा साईकलका खेलाडी हुनुहुन्छ । उहाँले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गर्नु भएको थियो । यस्तो विवाहले सन्देश प्रवाह गरेकाले खुसी लागेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बेहुलाका भिनाजु रामदत्त पौडेलले बताउनुभयो । ‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो । सापकोटा दिदी मनु सापकोटा समाजलाई सन्देश प्रवाह गर्ने भएकालेले साईकलमा सवारी गर्न भाइको आग्रहलाई परिवार तथा आफन्त सबैले मानेको बताउनुभयो । ‘भाइले विवाह भड्किलो बनाउन हुँदैन साईकलको सवारी प्रयोग गर्छुले भने हामीले पनि सहमती जनायौं’ मनुले भन्नुभयो ।
आगामी निर्वाचनसम्म गठबन्धन हुन्छ : डा. देउवा
गणेश पौडेलपर्वत, असार ७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले देशमा लोकतन्त्र संस्थागत गर्नका लागि आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउनुभएको छ। नेपाली कांग्रेस पर्वतले मंगलबार कुश्मामा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै डा. देउवाले यस्तो बताउनुभएको हो। लोकतन्त्रको रक्षा र देशको राष्ट्रियता बचाउनका लागि आगामी निर्वाचनसम्म गठबन्धन धानेर लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘आगामी निर्वाचनसम्म गठबन्धन गरेरै जाने तयारी छ। अहिलेको गठबन्धन कसरी भएको हो भन्ने कुरा सबैलाई अवगत नै छ। सोही अनुसार सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता छ।’’ नेपाली कांग्रेस देशकै ठूलो पार्टी भएकाले नेतालाई जिम्मेवारी दिने कुरामा पनि चुनौती रहेको उहाँको भनाइ छ। ‘‘फेरि पनि निर्वाचनमा सबैलाई टिकट नहुनसक्छ। तर, पार्टीका कार्यकर्ताले त्याग गरेर पनि पार्टीलाई बलियो बनाउन र जिताउन लाग्नुपर्छ’’, उहाँले भन्नुभयो। कांग्रेसका हरेक कार्यकर्तालाई मिलाएर लैजान पार्टी सभापतिले अधिकतम पहल गर्नुभएको उहाँको भनाइ छ। उहाँले कांग्रेसका जनप्रतिनिधिलाई सुशासन कायम गरेर जनताले देख्ने विकास तथा पारदर्शी काम गर्न आग्रह गर्नुभयो। ‘‘जनप्रतिनिधिले जनताले देख्ने काम गर्नुपर्छ। त्यत्तिले मात्र पुग्दैन। पारदर्शी र जिम्मेवार भएर काम गर्नुहोला’’, उहाँले भन्नुभयो। नेता कार्यकर्तालाई सामाजिक संजालमा जथाभावी नलेख्नसमेत उहाँले आग्रह गर्नुभयो। ‘पार्टीमा भएका असहमतिलाई पार्टीभित्रै राखेर हल गर्न सकिन्छ। विचार र सिद्धान्त बुझेर पार्टीमा लागेका नेता कार्यकर्ताले पार्टीको विरुद्धमा समाजिक संजालमा लेख्नु राम्रो हुँदैन’’, उहाँले भन्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई बलियो बनाउन सबैले त्याग गरेर जान तयार हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निर्वतमान सभापति खिमप्रसाद भुसाल, नेपाली कांग्रेस पर्वतका पूर्वसभापति एवं महाधिवेशन प्रतिनिधि नवराज गुरुङ, तरुण दलका अध्यक्ष विद्वान गुरुङ्ग लगायतले सम्बोधन गर्नुभयो।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जै